अर्को उमेद्वारी नपरेपछि इलाममा नेकपा एमालेका तीनजना निर्विरोध

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि इलाममा तीन जना निर्विरोध बनेका छन । नेकपा एमालेबाट उमेद्घवारी दिएका तिनजना निर्विरोध बनेका हुन । सोमवार सम्पन्न भएको मनोनयन दर्तामा उनीहरुले उमेद्घवारी दिएको पदमा अर्को उमेद्घवारी नपरेपछि उनिहरु निर्विरोध भएपनि घोषणा हुन बाँकीनै छ । उमेद्धारी दिएका मध्ये एक वडाको महिला सदस्य र दुइ दलित महिला सदस्य पदमा एक जनाको मात्र उमेद्धारी दर्ता भएपछि निर्विरोध बनेका हुन । नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी रोङ ४ की महिला सदस्य मिना देवी तामाङ निर्विरोध भएकी छिन भने एमालेकै दिलमाया कमिनी सन्दकपुर गाउँ पालिका वडा १ बाट निर्विरोध बनेकी हुन । दलित महिला सदस्य पदमा उहाँको मात्र उमेद्धारी परेको थियो । त्यस्तै माङसेवुङ गाउँपालिका वडा नम्बर ६ मा समेत दलित महिला सदस्य पदमा एमालेकै धन कुमारी विश्वकर्मा निर्विरोध भएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय