स्व छोराको प्रतिमा अनावरण गर्दै मान बहादुरले दिए सूर्योदय सामाजिक प्रतिष्ठानलाई एक रोपनी जग्गा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी,फिक्कलः सामाजिक कार्यमा सकृय संस्था सूर्योदय सामाजिक प्रतिष्ठानले भवन निर्माणका लागी जग्गा पाउने भएको छ । सूर्योदय नगरपालिका वडा नं १० स्वामी पार्क स्थित डाँडागाँउ निवासी मान बहादुर प्रधानले आफ्ना स्व छोरा विशाल प्रधान,बुबा कृतिमान प्रधान,आमा कन्या कुमारी प्रधान र सासुआमा लोकमाया प्रधानको स्मृतिमा एक रोपनी जग्गा दान गर्ने घोषणा गरेका छन् । स्व छोरा विशालको नाममा विशाल पार्क निर्माण गरी सो ठाउँमा स्थापना गरिएको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै मान बहादुरले प्रतिष्ठानलाई एक रोपनी जग्गा दान दिने घोषणा गरेका हुन् । उन्ले लिखित रुपमा कागज गरि प्रतिष्ठानका अध्यक्ष धनकुमार मोक्तानलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट््राईले प्रधानले गरेका सामाजिक कामको प्रशंसा गर्दै प्रतिष्ठानलाई बधाई ज्ञापन गरे । विशुद्ध सामाजिक क्षेत्रमा सकृय रहेको यस संस्थालाई साँच्चै भवनको खाँचो रहेको भन्दै जग्गा पाएकोमा खुशि ब्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएकाले चुनिएर आउने जनप्रतिनिधि संग छलफल गरि आगामि बजेटमा भवन निर्माणका लागी सहयोग गर्ने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।

सूर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष धन कुमार मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कपिल अर्यालले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको औचित्य प्रष्ट पार्दै प्रतिष्ठानका सल्लाहकार सदस्य दिपक अधिकारीले संस्थाका लागी ठुलो सहयोग प्राप्त भएको बताए । जग्गादाताको सामाजिक भावनाको संस्थाले उच्च मुल्यांकन गर्ने उनले बताएका छन् ।

प्रतिष्ठानका अर्का सल्लाहकार सदस्य अर्जुन निरौलाले संस्थाले गरिरहेका विभिन्न कृयाकलापहरुमा सूर्योदय नगरपालिकाको आर्थिक सहयोग र सद्भाव रहँदै आएको भन्दै भवन निर्माणमा सहयोग प्राप्त हुने विश्वास ब्यक्त गरेका छन् ।

कार्यक्रम समापन गर्दै अध्यक्ष मोक्तानले बर्षौदेखी खोजि गर्दै आएको जग्गा दाताबाट प्राप्त भएको बताए । ‘आज संस्थाका लागी ऐतिहासिक दिन हो ।’ उनले भने,‘अब जग्गा पास गर्ने र भवन निर्माण गर्ने प्रयाशमा लाग्छौँ । जग्गादातालाई संस्ताको तर्फबाट धेर ैधेरै धन्यवाद ।’

पेशाले ब्यवसायी रहेका मानबहादुर सामाजिक ब्यक्तिका रुपमा चिनिन्छन् । १९ बर्षका छोरा अल्पायुमा गुमाएका उनले छोराको नाममा सामाजिक क्षेत्रमा थुपै सहयोग पुर्याएका छन् । स्व छोरालाई सम्झँदै मान बहादुरले भने, “वि सं २०५७ अषाढ १० गते मेरो जिवनको कालो दिन बन्यो । मोटरसाईकल दुर्घटनामा मैले छोरो गमाए । उस्को आत्माले शान्ति पाओस् भनेर यि सबै कर्म गरिरेको छु । सामाजिक क्षेत्रमा काम गर्दै आएको यस प्रतिष्ठानको भविष्य उज्जल बनोस् साथै अझ नौला र परिस्कृत काम हुँदै जाउन भन्ने अपेक्षाले जग्गादान गर्ने घोषणा गरे” हाल उनीसंग श्रीमति विमला प्रधान र छोराद्धय विमल र विकास प्रधान साथमा रहेका छन् । प्रतिमा अनावरण कार्यक्रमको संयोजन सू्रर्योदय सामाजिक प्रतिष्ठानले गरेको थियो । सू्र्योदय सामाजिक प्रतिष्ठानको संयोजनमा सम्पन्न कार्यक्रमको संचालन प्रतिष्ठानका प्रेम सागर भट्टराईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय