
इलामः इलाममा नेकपा ९एमाले०ले विजयी सुरुआत गरेको छ । इलामको माङ्सेबुङ गाउँपालिकाको वडा ४ मा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नवीन लिम्बू ३ सय २५ मतसहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलकुमार राईले २ सय ७१ मत ल्याएका छन् । वडा सदस्यमा एमालेकै टेकमान लिम्बू ९३ सय ४५०, धनबहादुर राई ९३ सय १००, महिला वडा सदस्यमा कल्पना राई ९३ सय ४४० र दलित महिला सदस्यमा गोमादेवी विक ९३ सय ३८० विजयी भएका छन्।
यो वडामा कांग्रेस र जनता समाजवादी गठबन्धनका गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार डिकेन्द्र इदिंगोले ४ सय ८७ र एमालेका हेमन्त राईले ३ सय ४६ मत ल्याएका छन् । उपाध्यक्षमा जसपाका विनोद नेम्बाङको ४ सय २१ र एमालेकी सुनिता सुब्बाको ३ सय ४७ मत आएको छ। यहाँको वडा ५ मा पनि मतगणना भइरहेको छ ।



सन्दकपुर गाउँपालिका – १ मा नेकपा एमालेको प्यानल विजयी
सन्दकपुर गाउँपालिका – १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा एमालेका रहरकुमार राई, दलित महिला सदस्यमा दिलमाया कमिनी, महिला सदस्यमा विनु राई, खुल्ला सदस्यमा तोरण मुखिया र सदस्यमा चेत बहादुर राई विजयी भएको जनाइएको छ ।