माईजोगमाई गाउँपालिका अध्यक्षमा एमालेले जोगायो विरासतः उपाध्यक्षमा कांग्रेसको विजय

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको माईेजोगमाई गाउँपालिका अध्यक्षमा नेकपा एमालेले विरासत जोगाएको छ । अध्यक्षमा गठबन्धनबाट नेकपा एसका जित बहादुर राईलाई २२२ मतान्तरले हराउँदै नेकपा एमालेका कुशबहादुर थेवे पालिका प्रमुखमा निर्वाचित भएका छन् । थेवेले ५ हजार १३५ मत प्राप्त गरेका छन । निकटम प्रतिद्धन्धी गठबन्धन बाट एकिकृत समाजवादीका जीतबहादुरले ४ हजार ९१३ मत प्राप्त गरेका छन । उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसकी प्रविना राई ५ हजार १५९ मत प्राप्त गरी विजयी बनेकी छन । निकटम प्रतिद्धन्द्धी नेकपा एमालैकी सावित्रा भट्टराइले ४ हजार ८८३ मत प्राप्त गरिन् । माइजोगमाई १ मा एमालेको प्यालन ,२ मा गठबन्धनको प्यानल , ३ मा गठबन्धन प्यानल , ४ मा एमालेको प्यानल , ५ मा एमालेको प्यानल र ६ मा एमालेको वडाध्यक्षमा विजयी भएका छन् । नेकपा एसका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्रि झलनाथ खनालको निर्वाचन क्षेत्र माईजोगमाई को अध्यक्षमा उनको पार्टी पराजीत बनेको हो । जित बहादुर राई अघिल्लो निर्वाचनमा नेकपा एमालेको तर्फबाट पालिका अध्यक्ष बनेका थिए । हाल नेपाली कांग्रेस सहितको गठबन्धनबाट भने उनी पराजित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय