फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं १३ मा संचालित नागिन डान्स सेन्टरले सरोकारवाला संंग छलफल गरेको छ । नृत्य कक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको प्रो प्रबिन बिसीले जानकारी दिईएका छन् । छलफलमा सहभागिले नयाँ विषयको खोज गर्दै कक्षालाई ब्यभार उपयोगी बनाउँदै ब्यवसायीक हुनेगरि संचालन गरिनुपर्ने धारणा राखेका छन् । आयोजक परिवारका विशाल बिसीको अध्यक्षता एवं वडाध्यक्ष हेमराज आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्य रिता परियार र ब्यवसायी तुलसा पौड्यालको विशेष आतिथ्यता रहेको थियो । विद्यार्थी छात्रा विज्ञान राईले स्वागत मन्तब्य राखेको कार्यक्रममा नेपाली कांग्रेसका चन्द्रध्वोज नेम्वाङ,अभिभावकको तर्फबाट नन्दलाल परियार,कलाकार हिकेश राई लगायतले धारणा राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष आचार्यले वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । रचनात्मक र शृजनात्मक कर्मलाई प्रोत्साहन गर्न वडा तयार रहने भन्दै उनले प्रकृयामा आए वडाले साथ सहयोग गर्ने बताएका हुन् । कार्यक्रमको अवसरमा जेहेन्दार छात्रा आयुसा राईलाई पुरष्किृत गरिएको थियो । नियमित कक्षामा सहभागि हुने अनुशासित विद्यार्थीका रुपमा उनलाई पुस्किृत गरिएको हो ।
संचालनको दुई महिना मात्र पुगेको नागिन डान्स सेन्टरले तिनघरे साखाबाट कक्षा संचालन गरिरहेको छ । लक्ष्मिपुरमा ३५ र तिनघरेमा १५ गरि ५० विद्यार्थीले कक्षा लिईरहेका छन् । नृत्य कक्षाको सहजीकरण कलाकार युनिसा राईले गरिरहेकी छन् । भिवा डान्स सेन्टर इलामबाट नृत्यको एडभान्स कोर्स पुरा गरेकी युनिसा सफल नृत्यकारकी रुपमा रहेकी छन् । डान्स सेन्टरका प्रो प्रबिन भन्छन्,‘शुरुमा के होलाा भन्ने संका थियो तर अहिले ढुक्क छु । अभिभावकले साथ सहयोग दिनुभएको छ ।’ नाफामुलक मात्र नभई सेवामुलक रुपमा कक्षालाई दिगो बनाउने बिसीको प्रतिबद्धता छ ।