रोङको झण्डी डाँडामा १६ फिट अग्लो नौ तले धरहरा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल रोङः इलामको पर्यटन प्रवर्धनको लागि रोङ ६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । रोङ गाउँपालिकाको १२ लाखको लागतमा झण्डीडाँडाको सौन्दर्यीकरणको लागि सिडी निर्माण,रेस्ट हाउस,रगरोगन रेलिङ डस्टबिन ब्यवस्थापन सहित डाँडाको चुचुरोमा १६ फिट अग्लो नौ तले धरहरा निर्माण गरिएको हो ।
नजिकै तराईमा उखपातको गर्मी भईरहदा नजिकैको गन्तब्य झण्डीमा गर्मी छल्न आउनेहरुको भिड बढ्न थालेको छ । झण्डी डाँडा सूर्योदयको दृश्यावलोकन गर्नेका लागि चर्चीत छ । झण्डीमा गाउँपालिकाले पूर्वाधारका काम गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय