इलामको माइजोगमाई गाउपालिकाले गर्यो एम्बुलेन्स खरिद

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँबजारः इलामको माइजोगमाई गाउपालिकाले एम्बुलेन्स खरिद गरेको छ । अग्नि इन्टरप्राइजेस कम्पनी बाट खरिद गरेको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण भएको हो । माइजोगमाई गाउँपालिकाको आधारभुत अस्पताल मार्फत संचालन हुने एम्बुलेन्स पालिकाले गत आर्थिक वर्षमा खरिद गरेको थियो ।

१९ लाख ९८ खरिद गरेको एम्बुलेन्स नेपाल सरकारको कर छुट प्रक्रियाका कारण ढिलो गरि मात्रै आइपुगेको प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले बताए । नेपाल सरकारको कर छुटको सुविधा अनुसार एम्बुलेन्स खरिद भएको स्वास्थ्य शाखा प्रमुख रामसंकर देवले बताए । ख वर्गको एम्बुलेन्स खरिद गरि संचालन गर्ने माईजोगमाई गाउँपालिकाले एम्बुलेन्स संचालन निर्देशीका मार्फत सेवा प्रदान गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय