मनोज अधिकारी
फिक्कल,६ मङ्सिर ः इलाम क्षेत्र नं १ मा एक तिहाई भन्दा बढी मतगणना सम्पन्न भएको छ । ५९ हजार १ सय ६ मध्ये २१ हजार पाँच मत गणना हुँदा नेकपा एमालेका महेश बस्नेतले १ हजार ३ सय ३३ को अग्रता कायम राख्नुभएको छ । मंगलबार साँझ ६ः३० बजे निर्वाचन कार्यलयले दिएको जानकारी अनुसार बस्नेतले ९ हजार १ सय ५ मत प्राप्त गर्दा नेकपा एसका झलनाथ खनालले ७ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको छ । खनाल गठबन्धनको साझा उम्मेद्वार हुनुहुन्छ । सोमबार अपराह्नबाट शुरु भएको गणना जारी छ ।
प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ इलामबाट खनाल र बस्नेत सहित जनता समाजवादी पार्टीका कमल कुमार राई,राष्ट्रिय प्रजातन्त्र पार्टीका तारानाथ सापकोटा,नेपाली कांग्रेस (बिपी) का गणेश प्रसाद पौडेल, राष्ट्रिय जनमक्ति पार्टीका पदम बहादुर लिम्बु,मंगोलनेशनल अर्गनाईजेशनका बुद्धलाल मेचे,संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका जितकुमार मुखिया र अन्य स्वतन्त्र उम्मेद्वार निमातेन्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मि, विक्रम पान्डे रहनुभएको छ ।
यस निर्वाचन क्षेत्र अन्तर्गत सूर्योदय नगरपालिका,माईजोगमाई गाउँपालिका,सन्दकपुर गाउँपालिका,रोङ गाउँपालिका, इलाम नगरपालिका वडा नं १० र माई नगरपालिकाको ७,८,९ बाहेक सबै वडां पर्दछन् ।
आईतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार १ सय ७५ मत खसेको थियो । यो कुल मतदाता संख्याको ५७.७७ प्रतिशत हो ।”