कृष्णभक्त र उमेशको मत जोड्दा पनि रवि ३ हजारबढी मतले अगाडि

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौंः चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। लामिछाने प्रमुख प्रतिस्पर्धीहरु एमालेका कृष्णभक्त पोखरेले र कांग्रेसका उमेश श्रेष्ठ दुवैको मत जोड्दा पनि ३ हजारभन्दा बढी मतले अगाडि छन्।

पछिल्लो मतपरिणाम अनुसार लामिछानेले २४ हजार २८० मत ल्याएका छन्। एमालेका पोखरेलले १० हजार ५२६ र कांग्रेसका श्रेष्ठले १० हजार ५१३ मत पाएका छन्।

उनीहरु दुवैको मत जोड्ने हो भने २१ हजार ३९ हुन्छ । तर रविले पाएको मत पोखरेल र श्रेष्ठले पाएको मतको योगफलभन्दा ३ हजार २४१ ले बढी हो।

यहाँ ८३ हजार ४ सय मत खसेकोमा हालसम्म ४८ हजार ३२८ मतगणना भइसकेको छ। अब ३५ हजार ७२ मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय