इलाम–१ को २ मा दिपक थेवेलाई हराउँदै शम्शेर राई बिजयी

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलाम क्षेत्र नं १ को २ मा नेपाली कांग्रेसका शम्शेर राई बिजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले दिपक कुमार थेवेलाई ६४१ मतान्तरले हराउँदै प्रदेश सांसदमा बिजयी भएका हुन् ।

राईले १२ हजार ७७४ मत पाउँदा थेवेले १२ हजार १३३ मत पाएका छन् । ५४ हजार २८८ मतदाता रहेको उक्त क्षेत्रमा २९,६४० मत खसेको थियो । दुवै जना यसअघि २०७४ मा स्थानीय तहको निर्वाचनमा पालिका नेतृत्वमा बिजयी भएका थिए ।

थेवे माइ नगर प्रमुख बन्दा राईले रोङ गाउँपालिका हाँकेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय