किटजन्य रोग नियन्त्रण गर्दै रोङ गाउँपालिका

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल
१६ मसिर, रोङः किटजन्य रोगको पहिचान ,नियन्त्रण र रोकथामको पुर्व तयारी गर्न इलामको रोङ गाउँपालिकामा एकदिने सचेतना कार्यक्रम गरिएको छ । लामखुट्टे र अन्य किराहरुको कारण,औलो, डिङ्गो, कालाज्वार,स्क्सटाईफस जस्ता रोगले नागरिकहरुलाई आक्रान्त पार्ने गरेकोले सो रोगको पहिचान र नियन्त्रणका लागि शुक्रबार कार्यक्रम गरिएको हो ।

रोङ गाउपालिका भित्र पनि यस्ता किटजन्य रोगहरु देखापरेका कारण जोखिम रहेकोले रोङ गाउपालिका स्वास्थ्य शाखाको आयोजना आयोजनामा सचेतना कार्यक्रम गरिैको बताईएको छ । स्वास्थ्यकर्मी,,स्थानियबासि सुरक्षा कर्मि, सचारकर्मि लगायतको सहभागिता रहेको र सोहि टोलिले जोरकलश परिसर सरसफाई र लार्भा नस्टगर्न बिषादी स्प्रे समेत गरेको सहभागि सचारकर्मि गगन घिमिरेले जानकारी दिनुभयो।

रोङ स्वास्य शाखा प्रमुख युवराज काफे्लेको अध्यक्षता र इलामका जनस्वास्थ्य निरिक्षक लक्षमण ढकालको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रमको सहजिकरण ईलामका निमित्त स्वास्थ्य प्रमुख भ्याक्टर कन्ट्रोलर बिमल बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय