जिर्मलेमा बाघको आतङ्क

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल,रोङः इलामको जिर्मलेमा बाघको आतङ्क बढेको छ । किसानले पालेको गोरु र बाख्राहरु दिनहु खान थालेपछि किसानहरु त्रसिद बनेका छन् । बिगत एक सातादेखि नियमित रुपमा गाउ पस्ने गरेको बाघले रोङ ६ का खड्ग बहादुर राई,लालबिर राई र बिक्रम राईको तिनवटा गोरु बाधेकै ठाउमा मारेर खाएको र सोहि गाउको शरण राईको दुईवटा बाख्रा खोरमा नै खाईदिएको स्थानिय गणेश राईले बताए । यसरी बाघको आतक बढेपछि गाउँमा मानिसहरुलाई घाँस दाउरा गर्नमा र रातसाझ हिड्नमा पनि असहज भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय