इको चिया सहकारीको अध्यक्षमा पून गूरुङ निर्बाचित

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

गणेश अर्याल, इलामः इलामको रोङ गाउपालिकामा सञ्चालित इको चिया उत्पादक सहकारी सस्थाको १५औ बार्षिक साधारण सभा रणबहादुर गुरुङको अध्यक्षतामा नया कार्य समिति निर्बाचित गर्दै सम्पन्न भएको छ ।

हालै सम्पन्न तीन तहको निर्बाचनकै झल्को दिने गरी भएको निर्बाचनमा उम्मेद्वार बनेका रोङका गहकीला मानिएकाहरुले नै निर्बाचनको मत परिणाममा पछि पर्दै पराजय सहनु परेको छ । नव गठित समितिको अध्यक्ष र उपाध्यक्षमा निर्बाचन प्रणाली बाट नेतृत्व चयन भएको थियो भने बाकी अरु पदमा निर्बिरोध भएको हो ।

सस्थाको अध्यक्ष र उपाध्यक्ष पदमा दुइ दुइ जनाको उम्मेद्वार परेपछि मतदान भएको थियो । अध्यक्ष पदमा उम्मेद्वार बन्नु भएको चन्द्रकला राईलाई १८ मतले पछि पार्दै रणबहादुर गुरुङ निर्बाचित हुनु भयो । चन्द्रकला राईले ५७ मत पाउदा रणबहादुर गुरुङले ७५ मत पाएर बिजयी हुनु भएको हो । अध्यक्ष पदमा पराजित चन्द्रकला राई रोङ गाउपालिकाको पूर्व उपाध्यक्ष हुनु हुन्छ ।

त्यसैगरी १४१ मत खसेको उपाध्यक्ष पदमा प्रतिस्पर्धी माधब निरौलालाई ६४ मतको फराकिलो अन्तरले पछि पार्दै लिला देबी खवास बिजयी हुनु भएको छ । लिला देबी खवासले ९७ मत पाउदा माधब निरौलाले ३३ मत मात्रै पाउनु भएको थियो । सोही सहकारीको पूर्व अध्यक्ष समेत रहिसक्नु भएको माधब निरौलाले यस पटक भने उपाध्यक्ष पदमा उम्मेद्वारी दिनु भएको थियो ।

समितिको अन्य सर्बसहमत सदस्यहरुमा धनमाया गुरुङ, आनन्द कुमारी राइ, दिपेश अर्याल, नगेन्द्र राई, धनमाया राई, लोकमाता खवास र निरुपा राई रहनु भएको छ । त्यसैगरी नारायण प्रसाद आचार्यको सम्योजकत्वमा लेखा तथा सूपरिबेक्षण समिति चयन भएको छ । निर्बिरोध रुपमा चयन भएको समितिको सदस्यमा चन्द्र कुमारी लाप्चा र एगा अर्याल रहनु भएको छ । सर्बसहमत गराउने प्रयास भएकाले मतदान कार्य बेलुका अबेर मात्रै सूरु भएको थियो ।

सहकारीका केही सदस्य घर गइसकेकाले मतदानमा कम सख्यामा सहभागी भएको अध्यक्ष पदको उम्मेद्वार चन्द्रकला राईले बताउनु भयो । मतदान कार्यमा १४१ जना सहभागी हुनु भएको थियो । अध्यक्ष पदको निर्बाचनमा ९ र उपाध्यक्ष पदको निर्बाचनमा ११ मत बदर भएको निर्बाचन उपसमितिका सम्योजक प्रेमराज गुरुङले जानकारी दिनु भयो ।

त्यसैगरी साधारण सभाले १ करोड ५ लाख ८७ हजार ५१७ रुपैयाको सस्थाको स्थीति बिवरण र आगामी बर्षको नीति तथा कार्यक्रम पास गरेको छ । यसै बिच नव निर्बाचित अध्यक्ष रणबहादुर गुरुङले सहकारीको भावना र सिध्दान्त अनुरुप काम गर्ने प्रतिबध्दता ब्यक्त गर्दै सबै मतदातालाई निर्बाति गराएकोमा धन्यबाद दिनु भयो ।

यस अघि उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रोङ गाउपालिका आर्थिक बिकास समितिका सम्योजक एव वडा नम्बर ३ का वडाअध्यक्ष मात्रिका बरालले रोङ गाउपालिकाको सहकारी आन्दोलनमा इको चिया उत्पादक सहकारीले खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । ‘रोङलाई अग्र्यानिक पालिका भनेर चिनाउन इको चिया सहकारीको भूमिका रहेको छ’ वडा अध्यक्ष बरालले भन्नु भयो, किसानले उत्पादन गरेको कृषि बस्तु बिक्री गरेर आम्दानी गराउनु पर्छ भनेर गाउपालिकाले कार्यक्रम बनाएको छ ।

वडाअध्यक्ष बरालले उत्पादनलाई रोजगार सग जोडदै बजार ब्यवस्थापनमा सहयोग गर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चिया उत्पादक जिल्ला सहकारी संघ इलामका अध्यक्ष प्रेमराज गुरुङले इलामका चियाका धेरै सहकारीहरु पहिचान गुमाउदै गएको अवस्थामा इको चिया सहकारीले अन्य सहकारी सग सहकार्य गर्दै एकीकरण गरेकोमा धन्यबाद दिनु भयो ।

समृध्द पहाड परियोजना इलाका कार्यक्रम सम्योजक सुनिल गौतमले सहकारी सञ्चालनमा सदस्यको भूमिका महत्व पूर्ण हुने बताउनु भयो । पामकोल बचत तथा ऋण सहकारी सस्थाका ब्यवस्थापक डालिम न्यौपानेले गाउमा बाझो रहेको जमिनको उपयोग गर्न सहकारीहरुले प्रयन्त गर्नुपर्ने बताउनु भयो । रोङ गाउपालिका सहकारी साखा प्रमुख दुर्गा चम्लागाइले रोङका २८ वटा सहकारी मध्ये उत्कृष्ठ सहकारीको लिस्टमा रहेको इको चिया सहकारीले गरेको कामको गाउपालिकाले मुल्याङकन गरिरहेको बताउनु भयो ।

यसै बिच साधारण सभामा सस्थाका पूर्व अध्यक्ष हरुलाई सम्मान गरिएको थियो । सस्थाका पूर्व जमुना गुरुङ, लेखनाथ निरौला, रणबहादुर गुरुङ, माधब निरौला र खिलबहादुर गुरुङलाइ कार्यक्रमका प्रमुख अतिथि रोङ गाउपालिका आर्थिक बिकास समितिका सम्योजक मात्रिका बरालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

२०६४ सालमा स्थापना भएको सो सहकारी सस्थामा हालै लालिगुरास बहुउद्देश्यीय सहकारी सस्था एकीकरण भएको छ । सस्थामा हाल ३ सय ८७ जना शेयर सदस्य रहेका छन् । चिया बेसार र कफि खेतीलाई मुख्य ब्यवसाय हुने गरी बिधान परिबर्तन गरी आम्दानीको श्रोत बढाउने योजना रहेको सस्थाले जनाएको छ । रोङ गाउपालिका ३ को कोल्बुङमा कार्यालय रहेको इको चिया सहकारीको कार्यक्षेत्र रोङ गाउपालिका भरी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय