गगन घिमिरे,इलामः रोङ गाउँपालिका वडा नं १ शान्तिपुर स्वास्थ चौकीमा संचालन भएको ३ दिने आँखा शिबिर सम्पन्न भएको छ । रोङ गाउँपालिका वार्ड नम्बर १ को आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा पुस ५ देखि संचालन भएको शिबिरमा ५०२ महिला तथा ३७४ पुरुष सहित ८७६ जनाले निशुल्क आँखा जाँच तथा औषधि सहित सेवा लिएका छन्।
शिबिरमा ४३८ जना जेष्ठ नागरिकले सेवा लिएका छ्न। सामान्य शल्यक्रिया सहितको शिबिरमा ५२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। यसका साथै आँखामा समस्या भै चस्मा लगाउनु पर्ने २७० जना लाई नि शुल्क चस्मा बितरण गरिएको छ । शिबिरको पहिलो दिन १८१ दोस्रो दिन ३१५ र अन्तिम दिन ३८० जनाले सेवा लिएको शान्तिपुर स्वास्थ चौकी का अहेव गजेन्द्र अधिकारिले जानकारी गराउनु भयो ।
ग्रामीण भेगमा रहेका तथा विभिन्न कारणले आफ्नो आँखाको उपचार नगरी बसेका आफ्ना वार्ड बासिलाइ गाउँ घर मै उपचार दिनको निम्ति शिबिर आयोजना गरेकोन रोङ गाउँपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष मनोहरी खड्काले बताउनु भयो। जनताको मत जितेर गैसके पछि स्थानिय जनताको हेरेक समस्यालाइ हल गर्न तथा जनतालाइ स्थानिय सरकारको अनुभुति दिन पनि गाउँमै यस्ता कार्य हरु गर्न थालेको खड्काले बताउनु भयो ।
यश शिबिरले गाउँका मानिसको आँखाको स्वास्थ राम्रो हुनुको साथै झापा गएर अस्पतालमा लाग्ने खर्च समय र झन्झटिलो प्रकृया बाट मुक्त भएको बताउनु भयो । शिबिर संचालन बाट रोङ १र२ का स्थानियबासी विधालयको शिक्षक तथा बिद्यार्थीले लाभाबित भएका छ्न।
गाउँका मानिस हरु बुझेर वा नबुझेर आँखाको उपचारमा कम ध्यान दिने हुनाले र समस्या जटिल भएपछि मात्र अस्पताल पुग्ने भएकाले आँखा रोगिको संख्या बडिरहेको बेला यस्ता शिबिरले समस्या हल गर्न सहयोग पुग्ने मेची आँखा अस्पतालको फिल्ड अफिसर तथा शिबिर ब्यस्थापक कबिता कार्की कडरियाले बताउनु भयो। ग्रामीण भेगमा संचालन भएको यस्ता शिबिरले मानिसले आफ्नो आँखाको उपचार आफ्नै गाउँ घरमा पाउन भनेर मेची आँखा अस्पतालले प्राबिधिक सहयोग गरेको बताउनु भयो।
शिबिरमा मेची आँखा अस्पताल को मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुरुषोत्तम जोशिको नेतृत्वमा १३ जना प्राबिधिकले सेवा प्रदान गरेका थिए । गाउँमै शल्यक्रिया सहितको शिबिर आएको र आफुहरुले घरको खाना खाएर अस्पतालको जतिनै सुबिधा पाएको मा स्थानिय बिष्णकान्त दाहालले खुशी व्यक्त गरे।