माङ्सेबुङ्ग गाउँपालिद्धारा ६ प्रकारका कृषि उपजमा अनुदान

द्वारा प्रकाशित गरिएको हो |
२०७९ पुष २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः बढ्दो कृषि उपजको आयात घटाइ निर्यात बढाउन इलामको माङ्सेबुङ्ग गाउँपालिकामा ६ प्रकारका कृषि उपजमा मुल्य अनुदान दिन थालेको छ । बासँ, केरा, दाला, इस्कुस, दूध र कफि खेतीमा गर्ने किसानलाई गाउँपालिकाले सोझै मूल्य अनुदान दिन थालेको हो ।
बढ्दो कृषि उपजको आयातलाई घटाउने मुख्य उदेश्य माङ्सेबुङ गाउँपालिकाको छ । युवावर्गको वैदेसिक रोजगार प्रतिको आकर्षणलाई घटाइ व्यवसायीक कृषि उपज उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ माङ्सेबुङ गाउँपालिकाले कृषि उपज उत्पादनमा मुल्य अनुदान दिन थालेको हो ।
६ प्रकारका कृषि र तरकारीबाली उत्पादनका आधारमा गाउँपालिकाले सोझै किसानलाई मुल्य अनुदान दिने प्रमुख प्रशासकिय अधिकृत बिनोद चौहानले बताए ।
इलामको दक्षिणि पश्चिममा अवस्थित माङ्सेबुङमा चुरे क्षेत्र बढी रहेको छ । चुरे क्षेत्रमा हुने भु–क्षय रोक्ने उदेश्यका साथ बास रोपण गर्ने किसानले पनि अनुदान पाउनेछन् । त्यसबाहेक दूध, दाल, स्कुस, केरा र कफि खेती गर्ने किसानले गाउँपालिकाको मापदण्ड अनुसार मुल्य अनुदान पाउने माङ्सेबुङ्ग ३ का अध्यक्ष जनम खम्बुले बताए ।
दैनिक २० लिटर बढी दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ गाउँपालिकाले दिनेछ । १ सय किलो माथि दाल उत्पादन गर्ने किसानले प्रतिकिलो २० रुपैयाँ थप पाउनेछन् । २९ झ्याङ बढी स्कुस रोपण गरेमा प्रति झ्याङ १ हजारको दरले किसानले पाउनेछन् ।
स्कुस ३÷३ मिटर फरकमा रोपण गर्नुपर्नेछ । पालिकाले कफिमा प्रतिकिलो २० रुपैयाँ, मालबास र केरा प्रतिबोट १ सय रुपैयाँको दरले अनुदान दिने अध्यक्ष हेमन्त राईले बताए । मालबास २५ झ्याङ र केरा ५० झ्याङ बढी किसानले रोप्नु पर्नेछ ।
मुख्यगरि कृषिमा व्यवसायीकरण गर्ने र आर्थिक उपार्जन गर्ने लक्ष्य रहेको यो कार्यक्रमका लागि गाउँसभाले १७ लाख बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय