इलामको माई नगरपालिकामा पहिलो पटक सार्वजनिक सुनुवाई

द्वारा प्रकाशित गरिएको हो |
२०७९ पुष २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामा पहिलो पटक सार्वजनिक सुनुवाई गरिएको छ। नगरपालिकाको प्रथम चौमासिक अन्तरग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
आर्थिक बर्ष ०७९र०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम बिधिवत रुपमा पहिलो पटक आयोजना गरिएको हो । अहिले सम्म माई नगरपालिकामा कहिल्यै बिधिवत सार्बजनिक सुनुवाई गरिएको थिएन।
नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा गरेका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी पालिकाले सार्वजनिक सुनुवाई गर्न शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिए।
माई नगरपालिकका मेयर खम्बा सिं लिम्बुको अध्यक्षता बिशेष अतिथि उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी रहेका थिए ।
कार्यक्रमका सहभागीले नगरपालिकाको स्थायी विकासका लागी अनुगमन गर्नुपर्ने, महालेखा परीक्षकले दिएको बेरुजुको अबस्था के रहेको छ, जानकारी मागेको, निर्माणाधीन भबनमा नागरिक समाज र प्राविधिकले बारम्बार अनुगमन गर्नु पर्ने, माई अस्पतालको ब्यबस्थापन मिलाउनु पर्ने, वडा कार्यालयलाई समायोजन तथा विभाजन गर्न कार्य गर्नु पर्ने, स्नातक तह निस्शुल्क भए पनि उच्च माध्यमिक तहमा शुल्क तिर्नुपर्ने बाध्यता रहेको, निजी विद्यालयका बिध्यार्थीहरुलाई पनि दिवा खाजा ब्यबस्थापन गर्न सक्दा राम्रो हुने बारेमा प्रश्न तथा सुझाव राखेका थिए ।
बजारमा कालाबजारी बढेकाले अनुगमन गर्नु पर्ने, भौतिक पूर्वाधार निर्माणमा स्थानीयको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने, सार्वजनिक सुनुवाईमा सर्वदलिय सहभागिता रहे जस्तै योजना छनौट र उपभोक्ता समितिमा सर्वदलीय गर्ने परिपाटीको विकास गर्न नगरपालिकालाई सुझाव दिएका छन्। त्यस्तै शिक्षक नियुक्तिमा पारदर्शिता गर्नु पर्ने, बिद्यालय कर्मचारी र सहयोगी कार्यकर्तालाई प्रोत्साहन रकम दिएर भएपनि उनीहरुको बेरुजु फछ्र्यौट गर्न लगायत माग गरिएको थियो।
नगरपालिका बिबिध विषयमा सहभागी रत्न बहादुर अधिकारी, मित्र प्रसाद गौतम, शिब भण्डारी, रुद्र मगर, सेतु तामाङ, लक्ष्मण आले मगर, भक्त बहादुर काफ्ले, बिनोद नेम्बाङ, अर्जुन काफ्ले, सन्तु मोक्तान लगायतले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न राखेका थिए। प्राप्त प्रश्न र सुझाबलाई मेयर खम्बा सिं लिम्बु र प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले प्रतिबद्धता सहित जवाफ दिएका थिए
कार्यक्रममा माईवासी सेवाग्राही सहित दशै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, शाखा प्रमुखहरु, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
बिषयगत शाखाको चौमासिक अबस्था, नागरिक अभिमत, बहिर्गमित अभिमतको प्रतिवेदन समेत प्रस्तुत गरिएको सार्वजनिक सुनुवाई माई नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सहजिकरण पत्रकार विमल दहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय