इलाम बजार खानेपानी आयोजनाको मुहान क्षेत्रका नागरिकलाई तालिम प्रविधि हस्तान्तरण

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजनाको मुहान क्षेत्रको प्राभावित नागरिकलाई सिप मुलक तालिमसँगै प्रविधि हस्तान्तरण गरिएको छ ।
इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजनाको मुहान रहेको इलामको सन्दकपूर गाउँपालिका २ का प्रभावित क्षेत्रका नागरिकहरुलाई पशुपालन र तीन महिने सिलाई बुनाई तालिम समापन गरिएको थियो ।

इलाम बजार तेस्रो साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र सहरी खानेपानी तथा सरसफाई आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय सुनसरीको आयोजनामा तालिमको आयोजना भएको थियो । तालिममा आदिवासी जनजाति समूहका महिलाहरुको सहभागिता रहेको थियो ।

सहरी खानेपानी तथा सरसफाई आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय सुनसरीका इञ्जिनियर बिजय झाको अध्यक्षता तथा इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पशुपालन र सिलाईकटाई तालिममा सहभागिलाई प्रमाणपत्रसँगै प्राविधिक औजारहरु हस्तान्तरण गरिएको हो । तालिममा सहभागिलाई प्रमुख अतिथि महेश बस्नेत, इलाम नगर प्रमुख केदार थापा, सन्दकपूर गाउँपालिका अध्यक्ष तुला गुरुङ, निर्वतमान अध्यक्ष उदय राई, प्रमुख प्रशासकिय अधिकृत महेश राई, सन्दकपूर २ का अध्यक्ष सनम राई, इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठ लगायतले प्रमाणपत्र र प्रविधि हस्तान्तरण गरेका थिए ।
इलाम बजार तेस्रो साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव तिलक ठकुरीले संचालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सान्ता बस्नेतले तालिम आयोजना र प्रविधि हस्तान्तरणको औचित्य माथि प्रकाश पारेकी थिइन् ।

तालिम सम्पन्न प्रमाणपत्र र सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य महेश बस्नेतले इलाम क्षेत्र नम्बर १ को सन्दकपूर गाउँपालिका भित्रका समस्या बारे आफु जानकार भएकाले समाधान गर्न प्रयत्न गर्ने बताए । इलाम नगरपालिकामा बसोबास गर्ने नागरिकमा खानेपानी खुवाउने मुहान क्षेत्रका नागरिक भएकाले सन्दकपूर गाउँपालिका भित्र विकास निर्माण पर्यावरण संरक्षणका काम गर्न संघीय सरकारबाट आवश्यक योजनाहरु कार्यान्वयनका लागि पहल गर्ने सासंद बस्नेतले बताए । सन्दकपूर गाउँपालिमा भित्रका निर्माण हुँदै गरेको इलाम माइपोखरी सन्दकपूर सडक, १५ बेडको सन्दकपूर अस्पताल र रामसार क्षेत्र माइपोखरीमा निर्माण हुँदै गरेको त्रिधार्मिकस्थलको अनुगमन गरेकाले यी अयोजना सम्पन्न गर्न पहल गर्ने सासंद बस्नेतले प्रतिवद्धता जनाए ।

तालिम सम्पन्न प्रमाणपत्र र सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै इलाम नगरपालिका प्रमुख केदार थापाले पानीको मुहान क्षेत्र रहेको सन्दकपूर गाउँपालिका भित्रका विद्यालय, सडक, विद्युत विस्तारमा इलाम नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताए । उनले यस्ता सहयोगका कार्यक्रम आगामि दिनमा निरन्तर रुपमा अघि बढाइने बताए ।

तालिम सम्पन्न प्रमाणपत्र र सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले सन्दकपूर भित्रको विकास निर्माणमा इलाम नगरपालिकाको सहयोग निरन्तर हुनुपर्ने बताए । उनले पानीका मुहान क्षेत्रको संरक्षणमा इलाम नगरपालिकाको पनि निरन्तर सहयोग रहेमा मात्रै सफा पानी इलाम बजार पुग्ने भएकाले सामाजिक उत्तरदायित्व अन्तरगत संघीय सरकारले पनि पर्यावरण संरक्षणका कार्यक्रम संचालन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय