रेडियो बुद्धवाणीका प्रबन्ध निर्देशक महत सम्मानित

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ९ प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश० बाट इलामका पत्रकार सम्मानित भएका छन । रेडियो बुद्धवाणी एफ एम ९५।७ मेगाहर्जका प्रबन्धक निर्देशक, पत्रकार दिनेश महत सम्मानित भएका हुन । आज भरतपुरमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्धारा आयोजित हेल्थ अवार्डबाट महतलाई सम्मानित गरिएको हो ।

पत्रकारिताको माध्यम बाट स्वास्थ्य क्षेत्रमा समाजमा पुरयाएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता पूर्व महामन्त्री डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतले सम्मानपत्रसहित उनलाई सम्मान गरेका थिए ।

सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर,राष्ट्रिय स्वास्थ्य दर्पणका सल्लाहकार डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियनका निर्वतमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय