
फिक्कलः इलामको माईजोगमाई गाउँपालिकाको १३ औ अधिवेशन सम्पन्न भएको छ । विविध बिषयहरुमा छलफल सहित २ करोड ७५ लाख रुपैया योजनाहरुमा विभाजन गर्दै गाउँ अधिवेशन सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले कार्यक्रमको अध्यक्षता र सहजीकरण गरेका थिए ।
योजनाहरुमा विनियोजना भएको रकमको प्रस्तुतीकरण उपाध्यक्ष प्रविना राईले गरिन् । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले संचालन गरेको कर्मचारी डम्बर निरौलाले जानकारी दिए ।


