
फिक्कलः विहीबार जेठी छोरी पुजाको विवाह छ । बुधबारको मध्यान्नमा गाउँले तयारीमा जुटेका छन् । हाँसीमजाक र ठट्यौली गर्दै विवाहको उत्सव मनाईँदै छ । भोलीका लागी भट्टी चुल्होमा सेल रोटी पाक्न शुरु भयो । सन्दकपुर गाउँपालिका ३ सुलुबुङका लोकु पाठक (लुमणि) को आँगनमा बुधबार चहलपहल छ । तर, आगोले खुसी लुट्यो । सिलिण्डर ग्याँसको चुलोबाट सल्किएको आगोले विवाहको तयारी राक्यो । पाठक परिवारको बास बस्ने घर जल्यो । कागजात राखिएको एउटा बाकस बाहेक केहि जोगिएन । २० मिनेट दन्किएको आगोले पाठकको घर जलेर खरानी भयो । स्थानीयले अनेकन प्रयाश गरेपनि दन्किएको आगो नियन्त्रण गर्न सकेनन् । अलिक अघिसम्मको रमझम र रौनक शोकमा परिणत भयो ।
पाठकले सुनाए ‘कागजात भएको एउटा दराज बाहेक केहि पनि रहेन ।’ करिव २० मिनेटको आगोले सबै सकिएको स्थानीय देवेन्द्र सुवेदीले बताएका छन् । उनले भेन ‘तुरुन्त पुगेर प्रयास गर्दा पनि २० मिनेटमा सबै सकियो ।’ आगलागीको क्रममा दुईवटा ग्यासको सिलिण्डर पड्कीएको थियो । पहिलोमा आगो शुरु भएपछि पाठकले ग्यास तान्न प्रयास गरेको सुनाए । उनले भने ‘सिलिण्डर निकालेर फाल्न खोजे सकिन नजिक रहेका दुबै पड्कीए ।



पाठकका अनुसार आगलागीको कारण घरमा रहेको सबै समान सकिए पछि विवाह स्थगित भएको छ । उनले सुनाए ‘केही बाँकी रहेन के ले गर्नु विहे ।’ उनको तीन तले काठक घर जल्दा ४० लाख माथीको क्षेत्री भएको बताए । प्रहरीले ३० लाख क्षती भएको जनाएको छ । पाठकले सुनाए ‘गाडी खेपेर कमाएको सबै सकियो ।’ उनी गाडी चलाउने र सामान्य व्यापार गर्दै आएको स्थानीय नेत्र प्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार घर खरानी भएपछि पाठक परिवारले दाजु मात्रिका पाठकको घरमा रात विताएका छन् ।