
माङ्सेबुङः इलामको माङ्सेबुङ गाउँपालिका वडा नं ५ बार्हलाखे माङमिक्तोक्ला टोलमा आगोलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । समिर चेम्जोङको घरबाट शुरु भएको आगलागीले आठ घर जलेर नष्ट भइसकेको स्थानीय सुमन लाओतीले जानकारी दिए ।
मंगलबार राति २ः०० बजेदेखि लागेको आगोले जलेर घरहरु पूर्ण क्षति भएका छन् । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीयहरुको सहभागितामा आगो निभाउने प्रयास भइरहेको बताईएको छ । आगलागी अझैँ नियन्त्रणमा आइन सकेको छैन । क्षतिको विवरण आउन बाकि छ । आगलागी के कारणले भएको हालसम्म खुल्न नसकेको बताइएको छ ।


