शिक्षकलाई तलब खुवाउन केटी भएर नाचियोः गणेश रसिक

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 8 मिनेट

इलामः इलाम बसोबास गरिरहेका गायक, संगीतकार, साहित्यकार, गणेश रसिक राई भोजपुरको छिनामखु, नौलागाउँमा जन्मिएका हुन् । उनको बाल्यकाल उतै बित्यो । चार दाजुभाइमा गणेश जेठा । बुबा ब्रिटिस आर्मीको क्याप्टेन । उनले दार्जिलिङको सरकारी विद्यालयमा पढ्न पाए । घर नजिकैको त्रिभुवन धर्मोदय विद्यालयबाट औपचारिक शिक्षाको सुरुआत गरेका उनले बिएसम्मको अध्ययन गरेका छन् ।

नाटक र गायन क्षेत्रमा सक्रिय उनले २००८ सालतिर धरानमा रहेको मामाघर आउँदा रामायणमा आधारित नाटक ‘रामलीला’ हेर्न पाए । त्यही नाटकबाट प्रभावित भएर उनले भोजपुर फर्केपछि स्कुलमा नाटक गर्न थाले । नाटकमा अभिनय मात्र गरेनन् उनले गाउन पनि थाले ।

गायन र अभिनयमा समेत रुचि भएका उनी २०२२ सालमा काठमाडौं पुगे । काठमाडौंमा उनको चिनजान राष्ट्रिय नाचघरका कलाकारसँग भयो । त्यही शिलशिलामा उनले राजा महेन्द्रकै पालामा दरबारमा समेत गीत गाउने अवसर पाए । उनी राजा महेन्द्र र वीरेन्द्रसँग पनि नजिकिन पाए ।

रसिकले थुप्रै विभाग र संस्थामा ३१ वर्षसम्म विविध जिम्मेवारी निभाउने मौका पाए । २०२६ सालमा राष्ट्रिय नाचघरको जागिरे हुँदै रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक र सांस्कृतिक संस्थानको महाप्रबन्धकसमेत भएका उनले आफ्नो जीवनका रंग यसरी साटे स्

मामाघर जाँदा ‘रामलीला’ रस बस्यो

मामाघर धरान । त्यहाँ जाँदा प्रायः नाटक भइरहन्थ्यो । म त्यति बेला छ वर्षको थिएँ होला । मामाघर जाँदा रामायणको कथामा आधारित ‘रामलीला’ नाटक देखाइएको थियो । यो नाटक हेर्न म पनि गएँ ।

यो नाटक खेल्न र देखाउन भारतबाट कलाकार आएका थिए । उनीहरूले रामलीला नाटक हप्तौँ हप्तासम्म देखाउँथे । मलाई अहिले पनि सम्झना छ– जे–जे रामायणको कथामा पढिन्थ्यो, भगवान् रामचन्द्र, हनुमानलगायतले यो नाटकमा त्यही अभिनय गर्थे । अनि, नाटक सकिन लागेपछि भजनकीर्तन गर्थे, ‘श्रीराम कि जय’ भनेर ठूलो ठूलो स्वरमा ।

त्यो बेला नाटक गर्दा अहिलेको जस्तो आधुनिक हल थिएन । नाटक गर्न बाँसको किला गाडेर कपडाले तीनतर्फ बेरेर स्टेज बनाउँथे । स्टेजको छानो पनि कपडाकै हुन्थ्यो । उनीहरूले दुईतिर पर्दालाई डोरीले बाँधेर एक÷एकतिर तानेर पर्दा उघार्थे । त्यो समयमा बिजुली बत्ती थिएन । रातको समयमा मैन बालेर दर्शक तर्फको उज्यालो छेकेर कलाकारतर्फ पारिन्थ्यो ।

एक दृश्य सकेपछि पर्दा तानेर स्टेज छोप्ने गरिन्थ्यो । फेरि अर्को दृश्यका लागि उघारिन्थ्यो । हरेक दृश्यमा पर्दा उघार्ने र बन्द गर्ने गर्थे । नाटक सकिएपछि ‘श्रीराम की जय’ भन्ने गर्थे । नाटक गर्दा चाहिने हरेक सामग्री कलाकारले नै लिएर आएका हुन्थे । अहिले पनि मलाई त्यो बेलाको नाटकका कतिपय दृश्य याद छन् ।

एक दृश्य सकेपछि पर्दा तानेर स्टेज छोप्ने गरिन्थ्यो । फेरि अर्को दृश्यका लागि उघारिन्थ्यो । हरेक दृश्यमा पर्दा उघार्ने र बन्द गर्ने गर्थे । नाटक सकिएपछि ‘श्रीराम की जय’ भन्ने गर्थे ।

नाटक खेल्ने कलाकारलाई त्यहाँका धनाढ्य व्यापारीले खाना खुवाउने व्यवस्था गरेको सुनिन्थ्यो । स्टेजबाट ठूलो आवाजमा ‘आज र भोलि बिहानको खाना फलाना महाजनको घरमा हुनेछ, अथवा उहाँले दिनुभएको छ’ भनिन्थ्यो ।

मैले जीवनमा पहिलो पटक नाटक हेरेको नै त्यही ‘रामलीला’ हो । यो नाटक हेरेपछि ममा पनि नाटकतर्फ रूचि बढ्न थाल्यो ।

मामाघरको बसाइ सकिएपछि म घर आएँ । घर आएपछि सानातिना नाटक गर्न थालेँ । त्यो समयमा नेपालमा पढ्नुपर्छ भन्ने खासै चलन थिएन । नेपालमा शिक्षा नभएकाले नै हाम्रो गाउँमा दार्जिलिङबाट केही शिक्षकहरू आएर पढाउनुभयो । यो २०१० सालतिरको कुरा हो ।

मेरा भाइहरू स्वर्गीय भइसके । दुई बहिनी हुन् । स्कुल पढ्दै गर्दा मलाई संगीतमा पनि रूचि बढ्न थाल्यो । मेरो बुबा पनि संगीतको पारखी हुनुहुन्थ्यो । त्यसैले पनि मलाई अलि सहज चाहिँ पक्कै भयो ।

शिक्षकलाई तलब खुवाउन केटी भएर नाचियो

त्यो बेला स्कुलका शिक्षकलाई तलब दिन धौधौ थियो । तलब दिनका लागि स्कुलसँग पैसा नभएपछि हामीलाई अभिनय गराएर, गीत गाउन लगाएर गाउँ–गाउँमा चन्दा उठाउने गरिन्थ्यो । स्कुलका सञ्चालक समितिहरू सबै मिलेर पैसा उठाउन अनेक गतिविधि गर्नुपथ्र्यो ।

देवराज राई, मछिन्द्रबहादुर राई, नारायणप्रसाद राई भन्ने कलाकारहरू हुनुहुन्थ्यो । अनि मसँग नाच्ने कृष्णबहादुर राई चाहिँ मेरो साथी । म र उहाँ केटी भएर नाच्थ्यौँ ।

त्यो बेलामा केटीहरू नचाउने चलन थिएन । केटालाई राति जहाँ लगे पनि हुन्थ्यो, जति नचाए पनि हुन्थ्यो तर केटीहरूलाई राति हिँड्न दिने चलन थिएन । नाच्नका लागि केटीहरू हुँदैनथे । अनि, आफैं केटीको लुगा लगायो, नाच्यो।

एकाध केटीले मात्र मनले जितेर नाचेको देखेको थिएँ । नत्र, अहँ नाच्दैनथे । अहिलेको जस्तो कहाँ सजिलो थियो र, त्यो बेला केटीलाई नाच्न १ अनि केटा नै केटी भएर नाच्नुपरेको थियो ।

जब म पाँच कक्षा पास गरेर ६ मा गएँ, हाइस्कुल पढ्नका लागि भोजपुर बजार आइसकेपछि साहित्यिक माहोल भयो । अनिमात्र मेरो नाटक यात्रा सुरु भयो ।

हृदयसिंहको ‘निसिद्ध’ भन्ने नाटक थियो । त्यसमा मलाई एउटा पात्रको भूमिका दिइएको थियो । सौतेनी आमाले हेला गरेको बालकको भूमिका थियो त्यो । अनि, मैले ‘सौतेनी आमाले हेला गरेको छैन, तपाइँहरूले १० वटा कुरा सुनाएर हुन्छ’ भन्ने संवाद बोल्नुपर्ने थियो, त्यो बोलेँ । अनि, पर्दा बन्द भयो ।

त्यो बेला हामीले त्यहाँको खुल्लामञ्चमा नाटक गरेका थियौँ । स्टेज सबै बाँसको कपडाको हुने भएकाले अलिअलि खर्च लाग्थ्यो । कतिपय लाहुरेले ल्याएको कपडालाई पर्दा बनाइन्थ्यो ।

जब म पाँच कक्षा पास गरेर ६ मा गएँ, हाइस्कुल पढ्नका लागि भोजपुर बजार आइसकेपछि साहित्यिक माहोल भयो । अनिमात्र मेरो नाटक यात्रा सुरु भयो ।

स्टेजमा कलाकार तयार भो है भनेपछि तिर्र सिठी बजाइन्थ्यो अनि पर्दा उघारिन्थ्यो । पर्दा डोरीले तान्दा आएन भने हातैले तानेर उघार्ने गरिएको थियो । अनि, कस्तो हुन्थ्यो भने, ‘तिमीलाई कस्तो छ भनेपछि अर्कोले ठिक छ भन्थ्यो । कता हिँडेको भन्दा स्कुल भन्ने जवाफ आउँथ्यो । अनि एक सिन सकिन्थ्यो । त्यसपछि सिठी तिर्र पारिन्थ्यो । एउटा नाटकमा २४÷२६ पटक पर्दा लगाउने र बन्द गर्ने गरिएको थियो । हेर्ने दर्शक चाहिँ असाध्यै हुन्थे ।

रामायणजस्तो नाटक

रामायणजस्तै नाटक भोजपुरको टक्सारका अग्रज कलाकार तथा दाजुहरूले देखाउनुहुन्थ्यो, त्यो पनि जात्राको समयमा । पालसाल टाँगेर नाटक देखाउनुपर्ने बाध्यता थियो । अनि, नाटक सकेपछि पैसा उठाउने गर्नुहुन्थ्यो । तर, त्यहाँ चाहिँ धरानमा जस्तो खानाको व्यवस्था गरिएको थिएन ।

त्यो समयमा नाटक देखाएर ५० पैसा, १ रुपैयाँ, २ रूपैयाँ त्यस्तै उठाउने चलन थियो । त्यो समयमा एक रूपैयाँको महत्व ठूलो थियो । मैले थाहा पाउँदा स्कुलको फिस नै महिनाको १ रुपैयाँ थियो । एउटा शिक्षकको तलब त १५र२० रूपैयाँ भन्थे । अनि, अरू के कुरा गर्नु र १

नाटक गर्दा एक कुनामा बसेर कलाकारले नै बाजा बजाइरहेका हुन्थे । नाटकको भाव अनुसारको बाजा बजाउँथे । अहिले त धेरै सजिलो भइसक्यो । नाटक घरमा पर्दा लगाउनुपर्दैन । बत्ती र लाइटको तालमेल गर्दा हुन्छ ।

साहित्यमा गतिविधि, हस्तलिखित पत्रिका

त्यो समयमा पत्रपत्रिका भन्ने पनि थिएन । अनि, साहित्यमा लागेका हामी कृष्ण जोशी दाइ, पर्शु प्रधान, मेघराज मञ्जुललगायत थुप्रै थियौँ । पत्रिका छपाउने भन्ने थियो ।

तेह्रथुमको आठराईबाट हस्तलिखित पत्रिका आउँथ्यो । त्यसमा जेतप्रसाद सिटौलाहरू हुनुहुन्थ्यो । यता बुँइपाबाट ‘गोरेटो’, ‘घुँएत्रो’ यस्तै यस्तै हस्तलिखित पत्रिका निस्किन्थ्यो । हाम्रोबाट चाहिँ ‘चोइटा’ भन्ने हस्तलिखित पत्रिका निकाल्थ्यौँ ।

अहिलेको जस्तो कम्प्युटर सिस्टम थिएन । त्यो बेलामा हातले ५÷६ पन्ना लेखेको हुन्थ्यो । त्यसैलाई पत्रिका भनिन्थ्यो । त्यही पत्रिका सबैतिर पठाइन्थ्यो । सबै जनाले पढ्थे र हामीले पनि पढ्थ्यौँ । रंगीन अक्षरमा कार्टुनका चित्रहरू पनि बनाउँथ्यौँ । कविता छापिएको छ भने त्यही अनुसारको चित्र बनाएर हस्त लिखित पत्रिका निकाल्थ्यौँ ।

एसएलसीपछिको यात्रा

एसएलसीपछि म राजविराज हुँदै धरान र इलाम पुगेँ । विराटनगरमा राजन कार्की भन्नेले एकल नाटक गर्नुभएको थियो । राजविराजमा चाहिँ हाम्रो शिशिरप्रसाद देवकोटाले छाया अभिनय भनेर सेतो पर्दामा लाइट बालेर पर्दा पछाडिबाट अभिनय गर्नुभएको थियो ।

त्यो भनेको कस्तो भने, सेतो पर्दामा कलाकारको हाउभाउ दर्शकलाई देखाउने । मलाई अहिले पनि याद छ, उहाँले कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता वाचन गर्दै अभिनय गर्नुभएको थियो । यो नाटक हेरेको मैले २०२० सालतिरको हो ।

यो नाटक हेरेपछि म इलाम गएँ । इलाम पुगेपछि एकल नाटक गर्ने सोच बनाएँ । अनि, आफैं लेखेँ पनि ‘पश्चाताप ।’

भेटमा राजा महेन्द्रले घर कहाँ हो, के गर्छौ भनेर सोध्नुभएको थियो । पछि वीरेन्द्रसँग पनि भेट भएको थियो तर त्यहाँका सचिवले राजालाई भेट्नै दिँदैनथे । मेरो त राजा वीरेन्द्रको सचिवसँग झगडै परेको थियो । भेट हुन लागेपछि पछाडिबाट तानेर लडाउनै खोज्थे, किन जान्ने भाको भनेर ।

त्यतिबेलाको परिवेशमा एउटा देशभक्त युवा युद्ध लडेर फर्केर आएको भूमिका थियो । त्यो पनि घाइते अवस्थामा आफ्नो देशको सिमानामा आइपुगेको । मलाई त्यो संवाद अहिले पनि याद छ ‘हे नेपाल आमा, म तपाईँको माटोमा आइपुगेँ’ भनेर सिमानामा देहत्याग गर्ने दृश्य थियो । देशको माटो सुहाउँदो नाटक गर्दा सय दिनसम्म चलेको थियो ।

२०२२ सालतिर लाहुर जानुहुँदैन भन्ने लहर अलिअलि आएको थियो । त्यसैले पनि होला, यो नाटकले सय दिन मनाउन सफल भयो ।

त्यो बेला लाहुरेको एकदमै दुःखी अवस्था थियो । लाहुरेको घरमा छोराछोरी धेरै, एउटाको कमाइले नपुग्ने । लाहुरेकी श्रीमती सुखसयलमा बस्नुपर्ने खाल्का थिए । मेरो घरअगाडि पनि त्यस्तो अवस्था थियो । त्यो बेलामा के भन्थे भने ‘आयो लाहुरे बुट जुत्ता कसेर, गयो लाहुरे खरानी घसेर ।’ एकदमै नाजुक अवस्था थियो । अहिले त धेरै राम्रो भएको छ ।

रेल चढेर काठमाडौंको यात्रा

त्यो समयमा काठमाडौं आउने अहिलेको जस्तो बाटो थिएन । भर्खर बाटा बन्दै थिए । इलामबाट झापाको भद्रपुर हिँडेर आउनुपर्ने अवस्था थियो । त्यहाँसम्म भारत पुगेर रक्सौलसम्मको रेल चढेर आएँ । अनि, त्यहाँबाट वीरगञ्ज आएपछि काठमाडौं आउने आराथुन भन्ने बस चल्दो रहेछ । त्यो बस चढेर त्रिभुवन राजपथहुँदै काठमाडौं आएको थिएँ । यो २०२२ साल तिरैको कुरा हो ।

खास म काठमाडौं जेटिए कृषि विषय पढ्न आएको थिएँ । अनि, जेटिए भर्ना भएँ, पढेँ । यो विषय पढेपछि कृषिमा नै जागिर खाएँ, पाटनमा । जेटिए पढ्ने क्रममा मेरो शैलेन्द्र साकारसँग भेट भयो । उहाँ हामीभन्दा अघिल्लो टोली हुनुहुँदो रहेछ । कवि मञ्जिलसँग ९मेघराज नेपाल० पनि यही भेट भयो ।

हुँदाहुँदै बिस्तारै काठमाडौंका कलाकारसँग जोडिन थालेँ । राष्ट्रिय नाचघरका कलाकारसँग नजिक भएँ । कलेजको कार्यक्रमबाट त्रिभुवन युनिभर्सिटीमा गएका थियौँ । त्यहाँ मैले नाटक हेर्न मौका पाएको थिएँ ‘अपमानित मानिसको आत्मा ।’ यो नाटक कस–कसले खेल्नुभयो मलाई यकिन छैन ।

त्यसपछि २०२६ सालमा म पनि राष्ट्रिय नाचघरमा जागिरेका रूपमा आएँ, त्यो पनि कलाकार भएर । त्यो समयमा बालकृष्ण समका नाटकहरू प्रायः देखाइन्थ्यो । सम आफैं आएर नाटक सिकाउनुहुन्थ्यो । जस्तो ‘मुटुको व्यथा’, ‘अमरसिंह’ । यसमा अमर सिंहको संवाद सम आफैं बोल्नुहुन्थ्यो । त्यो बेला सेटिङ र ड्रेसमा धेरै खर्च हुन्थ्यो ।

नाचघर राजा महेन्द्रले आफ्नै खर्चमा बनाउन लगाएका रहेछन् । पहिला यहाँ सांस्कृतिक विभाग भन्ने अन्तर्गत राखेर त्यसको निर्देशक सत्यमोहन जोशीलाई बनाइएको थियो । त्यसपछि यो नाचघरमा आगलागी भयो । फेरि निर्माण गरियो । यो निर्माणका रत्नराज्य लक्ष्मी शाहले फेरि पैसा दिएर निर्माण गरिएको थियो । यो निर्माण गर्दाको शिलापत्र त्यहीँ थियो । अहिले त खै कता फाले कुन्नी, देख्दिनँ पनि ।

राष्ट्रिय नाचघरमा नाटक हुँदा राजपरिवारका सदस्यसहित राजा पनि हेर्न आउँथे । नाटकहरू प्रायः त्यो समयको व्यवस्थासँग सम्बन्धित हुन्थ्यो । जस्तो कि ‘अँध्यारो, उज्यालो’, पृथ्वीनारायण शाहको ‘चार पक्ष’ लगायतका मञ्चन हुन्थे । नातिकाजीले त्यो बेलामा संगीत गर्नुहुन्थ्यो । गीति नाटकको लहर चलेको थियो बेला ।

राजा महेन्द्रसँग तीन भेट

राजाले त्यो बेलामा कलाकारसँग डिल गर्थे । मेरो पनि नाटकको सिलसिलामा राजा महेन्द्रसँग तीन पटकसम्म भेट भएको थियो । मलाई विशेषगरी गीत गाउन निम्ता गर्थे ।

अनि भेटमा राजा महेन्द्रले घर कहाँ हो, के गर्छौ भनेर सोध्नुभएको थियो । पछि वीरेन्द्रसँग पनि भेट भएको थियो तर त्यहाँका सचिवले राजालाई भेट्नै दिँदैनथे । मेरो त राजा वीरेन्द्रको सचिवसँग झगडै परेको थियो । भेट हुन लागेपछि पछाडिबाट तानेर लडाउनै खोज्थे, किन जान्ने भाको भनेर ।

ती सचिवको नाम नलिउँ, पाण्डे थरका थिए । मैले राजा वीरेन्द्रसँग केही कुरा गरिरहेको थिएँ, मलाई पछाडिबाट तानेर लडाउनै खोजे । जब म भित्र आएँ, अनि के खालको मान्छे तपार्इं, त्यसरी अगाडि गएर कुरा गर्ने भनेर हकार्दो रैछ । तब मैले ‘ए बाबा १ सरकारले मसँग कुरा गर्न चाहिबक्सेको छ । कुरा गरेका छौँ । मैले कसैको खराब कुरा गरेको छैन । तपाईँलाई के टाउको दुखाइ भो रु किन जङगिनु हुन्छ रु भन्दै थर्काएँ । भोलिपल्ट सचिव आएर माफी मागेका थिए ।

राजा नचिन्दाको त्यो क्षण

राजा महेन्द्रसँग भेट हुँदा मलाई घर कहाँ हो भनेर सोधेपछि मैले ‘भोजपुर हो सर’ भनेँ । सरकार भनेर मलाई थाहा थिएन । अनि, सर भने । राजाले तिमी भन्ने शब्दले बोलाएका थिए । किनभने, हामी त छोरा समानको मान्छे । तपाईं भन्ने कुरा पनि भएन नि त १

अब राजा जस्तै नदेखिने सिम्पल लुगामा थिए । कुर्था सुरुवाल र कालो चस्मा लगाएका थिए । राजा यस्तो हुन्छ भनेर कल्पनै नगरेको मैले । हामीले त दौरा सुरुवाल, श्रीपेज लगाएको सोचेको । त्यो बेला दरबारमा पुगेर राजासँग नै बात मारिएछ तर राजा भनेर चिन्दै चिनिनँ ।

राजा चितवन जानुअघि हामी कलाकारहरूलाई भेट्छु भन्नुभएको थियो । जब राजा चितवन सवारी भयो, त्यहाँबाट राजा फर्कंदै फर्किएनन् । उतै स्वर्गवास भयो ।

अनि, तिमीलाई कहाँ बसेर गीत गाउन सजिलो हुन्छ भनेर सोधे । आफैंले माइक, हार्मोनियन, बाजा–गाँजा कता–कता राख्ने भनेर मिलाइदिए । मैले सर, हामी गर्छौं भनेर हार्मोनियम बोकेँ मिलाउनलाई । उहाँलाई बाजा–गाजाका सामानहरू राख्नलाई सहयोग गरेँ ।

तर, उता एडिसी चाहिँ हेरेर बसेका थिए । टोपी नलगाएका युनिफर्म मात्रै थियो । यताउति हेर्छन् मात्रै । राजा काम गरिरहेका छन्, उनी हेरेर बस्ने ।

सुन्ने दर्शक यता बस्ने, त्यहाँ बसेर गीत गाऊ, त्यहाँबाट बाजा बजाऊ भनेर लगाए । अनि, हामीले त्यसरी नै बसेर गीत गायौँ । मैले त्यो बेला ‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा पहरा’ लगायत पाँचवटा जति लोकगीत गाएँ ।

२२÷२३ वर्षको अल्लारे उमेर । गीत गाएर बाहिर आइसकेपछि राजाले काम गरेका बेला गर्नुहुँदैन भनेर सुनाए । अनिमात्र, उनी राजा महेन्द्र भएको चाल पाएँ । पछि थाहा भो, राजाले काम गरेको बेलामा अरूले गर्नुनहुने रहेछ ।

मलाई दरबारको नियम थाहा थिएन । मैले त राजासँग सँगै काम गरेँ । राजाले जे–जे गर्छन् दिनुपर्ने रहेछ । त्यही भएर राजाको एडिसीले पनि काम नगरेको रैछ ।

राजा महेन्द्रसँगको त्यो अन्तिम भेट

दरबारमा कार्यक्रमका लागि तेस्रो पटक बोलाइएको थियो । त्यो बेला राजा महेन्द्रको अनुहार उज्यालो थिएन । अहिले म सम्झन्छु, सायद राजालाई हर्ट अट्याक भा’को रैछ क्यार १ महेन्द्रलाई मैले दुब्लो देखेँ, पहिलाको त्यो जोस जाँगर पनि देखिनँ ।

राजा चितवन जानुअघि हामी कलाकारहरूलाई भेट्छु भन्नुभएको थियो । जब राजा चितवन सवारी भयो, त्यहाँबाट राजा फर्कंदै फर्किएनन् । उतै स्वर्गवास भयो ।

महेन्द्रपछि वीरेन्द्र राजा हुनुभयो । पाँच विकास क्षेत्रको भ्रमणमा हामीलाई पनि लैजानुभयो । त्यहाँ जाँदा खाली ऊर्जावान् गीतहरू सुन्न रुचाउनुहुन्थ्यो । जुन विकास क्षेत्रमा गयो, त्यहींको स्थानीय संस्कृति तथा गीतहरू गाउन लगाउने र त्यसको महत्व बुझ्ने गर्नुहुन्थ्यो ।

यो २०२८ सालबाट सुरू भएको थियो । विभिन्न ठाउँका कलाकारहरूले आफ्नो कला संस्कृति झल्काउने गीतहरू शुक्रबार दरबारमा सुनाउन लैजाने गरिएको थियो ।

रत्न रेकर्डिङ संस्थानको जिएम

दरबारसँग म नाचगानको हिसाबले नजिक थिएँ । मेरा गीतहरू पपुलर थिए । म २०३८ सालमा रत्न रेकर्डिङ संस्थाको जिएम भएँ । यहाँ काम गर्दागर्दै २०४० सालमा राष्ट्रिय नाचघरको जिएम भएँ ।

सरसर्ती हेर्दा ४० को दशकमा नेपाली रङ्गमञ्चमा विदेशी नाटकको प्रभाव भयो । नाटक क्षेत्रले फड्को मारेको थियो । तर, नेपाली नाटक लेखनमा कमी आयो । नाटक लेख्ने मान्छे धेरै कम भएका थिए ।

(उकेराबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय