सन्दकपुरका युवालाई क्षमता तथा स्वयंसेवक विकास सम्बन्धि तालिम

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरिता राई
इलाम,०७असारः इलामको सन्दकपुर गाउँपालिकामा युवाहरुको विद्यमान सवालहरुको पहिचान, क्षमता तथा स्वयंसेवक विकास सम्बन्धि ४ दिवसिय तालिम सम्पन्न भएको छ। मानव अधिकार मञ्च नेपालको आयोजना , सन्दकपुर गाँउपालिकाको आर्थिक सहयोग र राष्टिय युवा परिषद नेपालको सहकार्यमा युवा क्लव गठन तथा नमुना संसद अभ्यास कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो।

सन्दकपुर गाउँपालिकाको ५ वटै वडाहरुको युवा क्लबको सदस्यहरुको सहभागि तालिममा गाँउसभा प्रक्रिया ,युवा समूह परिचालन, स्वयंसेवक विकास तथा परिचालन लगायतको विषयमा छलफल गरिएको छ।

अब युवाको क्षेत्रमा लागि पर्ने, विभिन्न युवासंग जोडिएको कामहरु गर्दैजाने स्थानीय सरकारको कामलाई सहयोग गर्ने तालिमका सहभागिहरु बताएका छन। साथै वडा नं १,३,४ र ५ को युवा क्लबका सदस्यहरुले क्लबको कोष निर्माण गरि मासिक केहि रकम संकलन समेत सुरु गरेका छन् । सो रकम आगामी दिनमा सामाजिक काममा लगानी गर्ने बताएका हुन। उनिहरुले तालिममा धेरै कुराहरु सिक्ने मौका मिलेकोमा सन्दकपुर गाउँपालिका र मानव अधिकार मन्चलाई धन्यवाद दिएका छन् । युवाले युवाहरुको आवश्कता पहिचान गरि कार्य योजना समेत निर्माण गरेकाछन ।

समापन सत्रमा वडा नं। ५ को महिला वडा सदस्य तथा कार्यपालिका सदस्य नरमाया थेवेले आजको युवा भोलिको पालिका हाक्न सक्ने भएकोले अहिले देखि युवा अघि बढे आफुले समेत सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । वाड नं। ५ को अध्यक्ष यज्ञ बहादुर गुरुङले युवाको विषयलाई पालिका तथा वाड बाट सहयोग तथा युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्ने बताउनु भएको छ।

प्रमुख अतिथि वाड नं। ४ का वडा अध्यक्ष ढाल बहादुर गुरुङले युवा सङ सधै जोडिएर काम गर्ने कुरा बताउँदै विशेषगरि युवालाई अब उत्पादन मुलक काममा लाग्न उप्रेरित गर्नुभएको छ ।

तालिमको सहजीकरण मानव अधिकार मन्चका सन्तोष मगर, सुरेश पोर्तेल ,डिकेन्द्र दाहाल, रन्जु थामी लगायतले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय