सन्दकपुरमा पालिकास्तरिय युवा सम्मेलन सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सरिता राई
इलाम,१०असारः युवामैत्री स्थानीय शासनको लागि युवाको मुद्धामा बहस र पैरबी गर्न पालिकास्तरिय युवा सम्मेलन साथै युवा सन्जाल भेला सन्दकपुरमा आईतबार सम्पन्न भएको छ।

भौतिक,आर्थिक,सामाजिक,साँस्कृतिक र प्रशासनिक पुर्बाधार १सबल,सक्छम,उत्कृष्ट बेवस्थापन सन्दकपुर गाउँपालिक समृधिको आधार भन्ने मुल नाराको साथ यो कार्यक्रम गरिएको हो ।

यसैगरी ९पालिकास्तरिय युवा सम्मेलन० बाट ११ बुधे घोषणा पत्र जारी गरि सन्दकपुर गाउँपालिकामा प्रभाबकारी कार्यान्वयन गर्ने सहमति सहित साझा घोषणा पत्रपनि जारी येसै सम्मेलनले गरेको हो।

कार्यक्रम मानव अधिकार मन्चको कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माको अध्यक्षता, सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङको प्रमुख आतिथ्यता, सन्दकपुर गा।पा उपाध्यक्ष हरि बहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत यादव राउत को विशेष आतिथ्यतामा, वडा नं। १ देखि ५ वटैवडाका युवा हरुको उपस्थितिमा सम्पन्न भएको हो।

कामको प्रगति विवरण पेश गर्दै कार्यक्रम संयोजक सन्तोष मगरले हालसम्म सम्पन्न गतिविधिहरुबाट युवाका साझा सवालहरुको पहिचान भएको र त्यहि विषयवस्तुमा आधारित रहि छलफल अघि बढेको बताउनुभयो । छलफल कार्यक्रममा युवाहरूलाई सम्बोधन गर्न, युवाले पालिकालाई सहयोग गर्न तत्कालीन तथा दिर्घकालिन योजनाहरु निमार्ण भएका छन् । उक्त योजनाका आधारमा सन्दकपुर गाउँपालिका तथा मानव अधिकार मन्च नेपालको साझा घोषणा पत्र प्रकासन जारी गरेको बताईएको छ ।

युवाको प्रतिनिधित्व गर्दै गाउँ युवा सन्जालका अध्यक्ष विशम खतिवडाले पालिका प्रति आभार प्रकट साथै युवाले परिकल्पना गरेको युवा बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले हामी युवा स्थानियस्तरमै केहि गर्न चाहान्छौ त्यसका लागि विभिन्न सम्भावनाहरु रहेको, पालिकाले यी कुराहरु महसुस गरेकोमा आभार रहेको र अब आफुहरु एक भएर लाग्ने बताए।

युवाहरुले पालिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्नुपर्ने त्यसका लागि पालिका युवा परिचालन गर्न युवा अभ्यास गर्न तयार रहेको वाड नं। २ का अध्यक्ष सनम राईले भने ।

प्रमुख प्रशासकिय अधिकृत यादव राउतले युवा युगलाई हाक्न सक्ने शक्ति हो त्यसैले युवा सकारात्मक बनी परिचालित हुन जरुरि रहेको बताएका छन् ।

उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले युवा हाम्रो स्रोत हो सम्मान हो त्यसैले युवालाई थप क्षमता विकास गरि परिचालन गर्ने गरि अबको १ वर्ष पछि अन्य पालिकालाई युवाको क्षेत्रमा के गर्न जरुरी छ, कसो गरे युवा स्रोत पलायन हुन बाट रोक्न युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्ने जस्तै लघुउधमशिलता कृषि, एम्बुलेन्स, पर्यटन,राजस्व,खेलकुद अनुगमन, कला साहित्य, सिर्जनशीलता जस्ता क्षेत्रहरुमा पनि परिचालन गर्ने बताउदै युवा सशक्तीकरण तथा सन्चालन कार्यविधि २०८१ अबको सभाबाट पास गरि लैजाने बताए।
सन्दकपुर गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तुलाराम गुरुङले सन्दकपुरलाई नमुना पालिका बनाउन साझा हातेमालो गर्नुपर्ने आवश्यक रहेको साथै सन्दकपुर र सन्दकपुरका युवाको भविष्यको निमित्त युवा परिचालन गर्ने र आफुहरु लगानी गर्न तयार भएको बताए।
समापन सत्रमा मानव अधिकार मन्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले पालिकाले युवालाई विशिष्टिकृत गरि विशेष लगानि गरेकोमा आभार प्रकट गर्दै सस्थाले आगामी दिनमा आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आजको युवा समुदायको तथा युवाको सम्मुनत विकासको निमित्त युवा प्रोएक्टिभ हुनु जरुरि रहेको बताए । कार्यक्रमको सहजिकरण मानव अधिकार मन्चको योगराज सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय