सूर्योदयमा एक अर्ब ४१ करोड ४६ लाखको बजेट पारित

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम– इलामको सूर्योदय नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१र८२ का लागि एक अर्ब ४१ करोड ४६ लाख रुपैयाँको आय–व्यय पारित गरेको छ ।

मंगलबार बसेको नगरसभाको १५औं अधिवेशनको पाँचौं बैठकले वार्षिक बजेट, नीति र कार्यक्रम पारित गरेको नगर प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिए ।

उपमेयर दुर्गाकुमार बरालले पेस गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सभाले पारित गरेको हो ।

नगरपालिकाले क्षेत्रगत रूपमा आर्थिक विकासको क्षेत्रमा १० करोड ५७ लाख ५७ हजार, सामाजिक विकास क्षेत्रमा ४९ करोड ३७ लाख २२ हजार, पूर्वाधार विकासको क्षेत्रमा २६ करोड ४१ लाख २९ हजार, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा छ करोड ८० लाख तीन हजार तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १६ करोड ३० लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले गरेको विनियोजनमध्ये चालु खर्चतर्फ ६४।२८५ र पूँजीगत खर्च तर्फ ३५।७२५ अनुमान गरिएको छ ।

राजस्व असुलीबाट छ करोड ८७ लाख ५० हजार, राजस्व बाँडफाँटबाट १८ करोड ३९ लाख ७६ हजार, संघीय सरकारबाट ६३ करोड २१ लाख ११ हजार, प्रदेश सरकारबाट चार करोड ४१ लाख ८२ हजारसमेत गरी ९२ करोड ९० लाख १९ हजार रुपैयाँ प्राप्त हुने अनुमान नगरको छ ।

आइतबारको बैठकबाट अर्थ विधेयकका अतिरिक्त यातायात व्यवस्थापन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ र न्यायिक समितिले उजुरी किनारा गर्दा अपनाउने कार्यविधि ऐन २०८१ पनि पारित गरिएको छ ।

बैठकमा नगरसभा सदस्यहरू गीता रसाइली, कमलप्रसाद गड्तौला, शरन लिम्बू, चन्द्रकला मैनाली, सरु गदाल, धनकुमारी कार्की, राजकुमार श्रेष्ठ र पुण्यप्रसाद पोखरेलले सभामा पेस भएका विधेयक, प्रस्ताव र सार्वजनिक महत्वका विषयमा सभाको ध्यानाकर्षण गरेका थिए ।

सभामा उठेका सबालमा नगरसभा अध्यक्ष तथा मेयर रणबहादुर राईले जबाफ दिँदै प्रस्ताव तथा विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । नगरसभाको अर्को बैठक असार २६ मा बस्नेगरी मंगलबारको बैठक स्थगित भएको छ । सूर्योदय नगरपालिकाको नगरसभाको १५ औं अधिवेशन वैशाख ७ मा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय