रोङमा प्रतिभाको खोजीः छानिए १५ फाइनलिस्ट

द्वारा प्रकाशित गरिएको हो |
२०८१ असार १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोङः रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम रोङ गट ट्यालेन्टमा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच,पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पार्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका छन् ।

नृत्य विधामा निरुता राई , प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेको समितिले जनाएको छ ।
ुरोङ गट ट्यालेन्टको फाइनल प्रतिस्पर्धा आगामी शनिबार हुने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । फाइनल रोङ(३ स्थित पाम्कोल सहकारी भवनमा आयोजना गरिने उनले बताए । प्रत्येक विधामा विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने उनले बताए । यस वर्षको प्रतिस्पर्धामा रोङगाउँपालिकाका विभिन्न प्रतिभावान कलाकारहरूले भाग लिएका छन्। फाइनलमा ५ जना उत्कृष्ट प्रतिभाको तीनवटा विधा प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ, अध्यक्ष स्याङ्बोले भने ।

आयोजक समितिले फाइनल प्रतिस्पर्धामा उपस्थित भएर कलाकारको हौसला बढाउन सबैलाई आह्वान गरेको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि विभिन्न टेलिभिजन च्यानल र अनलाइन प्लेटफर्महरूबाट गरिने आयोजकले जनाएको छ ।

रोङ प्रतिभा खोजीले गाउँमा लुकेर रहेको धेरै प्रतिभाको पहिचान गरी उजागर गर्न सफल भएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । ुसम्पूर्ण प्रतियोगी कलाकारलाई उच्च मनोबलका साथ निरन्तर मिहिनेत गर्न आग्रह गर्दछु । साथमा स्थानीय सरकार हुनेछ, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय