भूमिका देवकोटा, सडक किनारामा मकै पोल्ने व्यवसायी
छोराछोरीलाई दुई छाक खुवाउन मैले धूलो–धुवाँ खानुपर्छ । भत्काएर छाडेको सडक छेउमा बसिनसक्नु अवस्था छ । मास्क लगाएर मकै पोल्न पनि मिल्दैन, आगो कसरी फुक्नु १ सरकारले छिटो बाटो बनाइदेओस् १ मेरो भन्नु यत्ति हो ।
नारायणगढ बुटवल सडक खण्डको गैंडाकोटमा मकै पोलेर बेच्न थालेको महिनौं भयो । वैशाख–जेठको चर्को घाम, मंसिर पुसको कठ्यांग्रिने चिसो सहेर छोराछोरी र आफ्ना लागि पेट पाल्न मकै पोलेर बेच्ने काम गर्छु । बिहान ६ देखि साँझ ६ बजेसम्म १२ घन्टा सडक छेउमा बस्छु ।
मकै किनेर ल्याउँछु, एक घोगाको १५ रुपैयाँ पर्न आउँछ । दाउरा किनेको, आफू खटेको सबै गरेर एउटाको ३० रुपैयाँमा पोलेको घोगा बेच्छु । दिनमा यहाँ बसेर जेनतेन ३ हजार रुपैयाँ जति आउँछ । हजार, ८०० बच्छ । यो बाटो नबन्दा सडक भएर यात्रा गर्नेहरूले जति दुःख पाउनु भा’छ त्यति नै दुःख हामीलाई पनि भएको छ ।
कहिलेकाहीं सडक आयोजनाले पानी हालिदिन्छन् । नभए सडकमा धूलो उडेर बसिखानु हुँदैन । कहिलेकाहीं त जीउ नै ढाकिने गरी धूलो उड्छ । यो सडक बनाउने चिनियाँ ठेकेदार हो भन्ने सुनेकी छु । उसले पोहोरतिर त काम गरेको जस्तो लागेको थियो । अहिले त कतै पनि काम गरेको देख्दिनँ ।
सरकारले उसलाई काम लगाउनुपर्ने हो । काम लगाउन सकेको जस्तो लाग्दैन । सुनेको छु, चिनियाँ ठेकेदार सडक विस्तारको काम नगरी भाग्यो रे, सत्य होरहैन थाहा पनि छैन । सरकारले उसलाई जसरी पनि काम लगाएर बाटो चाँडै बनाइदिए सबैलाई सजिलो हुन्थ्यो ।
चार वर्षमा बन्नुपर्ने सडक ६ वर्ष हुँदा पनि अझै सकिएको छैन । हाम्रो कुरा त कसले नै सुन्छ र रु सरकारले चाँडै सडक बनाइदिए रोडको छेउमा बसेर मकै पोल्ने म जस्ताले पनि धूलो खानुपर्ने थिएन । यस्तै पारा हो भने अझै ५र६ वर्ष यो सडक बन्दैन होला ।
आफूले अरू काम जानेको छैन । सडक छेउमा मकै पोलेर नै एक छोरा र एक छोरीलाई खुवाउने–पढाउने गरेकी छु । श्रीमान् मसँग हुनुहुन्न । छोराछोरी यहींको नारायणी विद्यालयमा पढ्छन् । कोठा भाडा समेत तिनुपर्ने भएकोले मकै नबेची सुखै छैन ।
पहिला पहिला त ठेकेदारका मान्छेहरू पनि मेरोमा आएर मकै खान्थे । हिजोआज कोही पनि आएका छैनन् । किन भागेका हुन् थाहा भएन । सरकार बलियो भयो भने ठेकेदारले पनि टेर्छ । सरकारले नै ध्यान नदिए त खाएर भाग्ने ठेकेदार पनि कति छन् कति १
धूलोले गर्दा धेरै मान्छे सकेसम्म यात्रा नै गर्दैनन् । बाध्यताले गर्नेहरू मात्रै छन् । नारायणगढबाट बुटवल पुग्न ५र६ घन्टा लाग्छ । कहिलेकाहीं त्योभन्दा पनि धेरै लाग्छ । यो बाटो बढीमा ३ घन्टाको हो । कति मान्छेले व्यवसाय नै छाडिसके । ग्राहक नै आउँदैनन् ।
हेर्नुस् न, एकदिन होइन दुई दिन हैन । सुकाएका लुगा धूलैधूलो हुन्छन् । लगाएको सागपातभरि धूलो हुन्छ । व्यापार व्यवसाय छैन । धूलोले ग्राहकहरू पनि त्यति रोकिनुहुन्न । धूलो होला भनेर म पोलेको मकै टोकरीमा कपडाले छेकेर राख्ने गर्छु ।
दिउँसो सडक पानीले भिजाउँदा मात्रै केही राहत हुन्छ । चर्को घाम लागेको बेला त एकैछिनमा सुकेर उस्तै धूलो हुन्छ । अझै बेलाबखत त हावाहुरीले पूरै धूलो उडाएर कुहिरीमण्डल बनाइदिन्छ । बेलुका घर गएर मुख धुँदा हिलोको लेदो जस्तो आउँछ । टन्सिलले बेलाबखत दुःख दिन्छ । रुघाखोकी लाग्छ । सडकको ढुंगा उछिट्टिएर अनुहारमै लाग्ला भन्ने डर पनि उत्तिकै छ ।
आफूले अरू काम जानेको छैन । सडक छेउमा मकै पोलेर नै एक छोरा र एक छोरीलाई खुवाउने–पढाउने गरेकी छु । श्रीमान् मसँग हुनुहुन्न । छोराछोरी यहींको नारायणी विद्यालयमा पढ्छन् । कोठा भाडा समेत तिनुपर्ने भएकोले मकै नबेची सुखै छैन ।
छोराछोरीलाई भोकै राख्ने कुरा पनि भएन । उनीहरूलाई खुवाउनका लागि मैले धूलो र धुवाँ खानु परेको छ । सबै दिन एकनास पनि हुँदैन । कहिलेकाहीं विसन्चो पनि हुन्छ । तर, मलाई मेरो घर धान्न मकै पोल्नुपर्ने नै बाध्यता छ । मास्क लगाएर बसेर पनि भएन । मास्क लगाएर आगो कसरी फुक्नु १ सरकारले जनतालाई सुविस्ता हुने गरी यो सडक बनाइदेओस् १ मेरो भन्नु यत्ति हो ।
९चितवन–नारायणगढ सडकखण्डको गैंडाकोटमा मकै पोलेर आफू पालिने र परिवार पाल्ने देवकोटासँग सुवास पण्डितले गरेको कुराकानीमा आधारित । fromonlinekhabar.com