श्रीअन्तु–समाल्बुङ्गको खानेपानी हाहाकार अन्त्य

द्वारा प्रकाशित गरिएको हो |
२०८२ बैशाख ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी
इलाम,३०वैशाखः एकबेला थियो, जहाँ श्रीअन्तुका होटलहरु ट्याक्टरमा पानी आसारेकै भरमा चलेका थिए । गत साता श्रीअन्तु समाल्बुङ्ग खानेपानी आयोजना उद्घाटन अवसरमा बोल्दै नगरप्रमुख रणबहादुर राईले श्रीअन्तुको तीतो विगत सम्झनुभयो । ‘खानेपानीको हाहाकार हुँदा होटल चलाउन धौधौ थियो । यहाँका नागरिकले डोकोमा पानी ओसारेर दैनिकी बिताए ।’ नगरप्रमुख राईले भन्नुभयो, ‘नगरपालिकलाले यस क्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरेर संघीय सरकारलाई बजेट माग गर्यो । अन्ततः वृहत खानेपानी आयोजना सफल भएको छ ।’

बिहान उठ्ने बित्तिकै आगनमै धारो देख्दा सूर्योदय–५ गोरखका राजु बम्जनलाई आनन्द लागेको छ । आफ्नो घरमा पानीको धारो देखेर मात्र होइन बर्षौँदेखि उपभोक्ता समितिको अध्यक्ष बनेर काम गर्नुभएका बम्जनलाई आयोजना सफल हुनु र गाउँका ११ हजार नागरिकको खानेपानीको हाहाकार अन्त्य हुनुले मनमा बेग्लै आनन्द छाएको छ । ‘अनवरत लागी पर्दा सफल भएका छौँ । गाउँ खुसी देख्दा आफुलाई ढुक्क लाग्दो रहेछ । अब गाउँलेले डोकोमा पानी बोक्नुपर्दैन ।’

गोरखका लीला गुरुङसंग विगत बर्षहरुमा खानेपानी अभावको नमिठो अनुभव छ । बिहान झिसमिसेमा बिउँझिएर डोको नबोके खाना पकाउने र शौचालय जाने उपाय हुँदैन थियो ।’ गुरुङले भन्नुभयो, ‘पानीको जोहो गर्नमै बिहान बित्थ्यो । कुवा, खोला, खोल्सा र टाडाका धारा पाइपबाट थापेर बिहानभरी पानी आसोरेपछि बल्ल दिनमा काम गर्न पाईन्थ्यो । अब त घरमै धारा आयो । ढुक्क भएको छ ।’

गुरुङको मात्र होइन सूर्योदय–४ र ५ का दुई हजार घरपरिवारको यस्तै बाध्यता अन्त्य भएको छ । २६ करोड लागतमा निर्मित श्रीअन्तु समाल्बुङ्ग खानेपानी आयोजना सञ्चालनमा आएसँगै यस क्षेत्रका ११ हजार नागरिक प्रत्यक्ष लाभान्वित भएका हुन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम र अन्तु–समालबुङ खानेपानी उपभोक्ता समितिको सहकार्यमा सम्पन्न उक्त आयोजना गत साताबाट सञ्चालनमा छ ।
उक्त आयोजनाको गत साता खानेपानीमन्त्री प्रदिप यादवले एक भव्य समारोहका बिच उद्घाटन गर्नुभएको थियो । २०७८÷७९ मा स्वामी नारायण निर्माण सेवाले ठेक्का लिएर निर्माण कार्य सुरु गरेको सो आयोजना अन्तर्गत २ हजार घरधुरीमा धारा जडान गरीएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय इलामका पौडेल उत्सव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, ११ हजार मानिस प्रत्यक्ष लाभान्वित छन् ।
उपभोक्त समितिका अध्यक्ष बम्जनका अनुसार, लिफ्टिङ सिस्टममार्फत विद्युत प्रयोग गरी सिद्धिखोला र अन्तुखोलाको महेन्द्रबेसीबाट पानी तानिएको छ । आयोजनाबाट प्रति सेकेन्ड १३ लिटर पानी प्रवाह हुन्छ । ‘मुख्य प्रसारण पाइपलाइन ३.८ किलोमिटर, सहायक प्रसारण लाइन ८.८ किलोमिटर र वितरण पाइपलाइन ९८.९५ किलोमिटर लामो छ ।’ अध्यक्ष बम्जनले भन्नुभयो, ‘आयोजनाका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् भने उपभोक्ताबाट १० प्रतिशत श्रमदान पनि गरिएको छ ।’

आयोजना अन्तर्गत मुख्य ट्यांकी, पम्प हाउस, भल्भ चेम्बर, वाश आउट, हाइड्रन्ट, एयर भल्भ जस्ता सम्पूर्ण संरचना निर्माण गरिएको उपभोक्ता समितिका एकराज घिमिरेले बताउनुभयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पछिल्लो एक वर्षमा यहाँ दुईवटा ठूला आयोजना सञ्चालन गर्न सफल भएको जानकारी दिनुभयो । अन्तु, समालबुङ र कन्याममा एक अर्बभन्दा बढीका आयोजना सञ्चालन भइसकेको उहाँको भनाई छ । ‘यसअघि सूर्योदय नगरपालिकाले सुक्खा क्षेत्र घोषणा गरिएको अन्तु र समालबुङ क्षेत्रमा पानीको चरम अभावले व्यवसायी र पर्यटकलाई समस्या हुने गरेको थियो ।’ नगरप्रमुख राईले भन्नुभयो, संघीय सरकारलाई बजेट माग गर्न स्थानीय सरकारले निरन्तर प्रयास गर्यो । अन्ततः बजेट आएर आयोजना सफल भएकोमा हामी उत्साहित छौँ ।’उहाँले जलवायु अनुकूलन हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

आयोजनामा उपभोक्ताको १ प्रतिशत नगद र ९ प्रतिशत जनश्रमदान रहेको छ । प्रतिसेकेण्ड १९ दशमलव ३ लिटर पानीको प्रभाव गर्ने सय हर्ज पावरको २ वटा र ८५ हर्ज पावरको ४ वटा पम्प आयोजनामा जडान भएको छ । आयोजनाको १ वर्ष निर्माण कम्पनीले संचालन र मर्मतसंभार गर्नुपर्नेहुन्छ ।

आयोजनाबाट पानी प्रशोधन केन्द्र एक, २ सय ५० घनमिटरको ट्याङ्की एक, ७५ हजार लिटरको ट्याङ्की ५ वटा र ५० हजार लिटरको ट्याङ्की २ वटा निर्माण भएका छन् । खानेपानी संचालनका लागि ११ हजार भोल्टेजको ३४ किलोमिटर विद्युत प्रशारण लाइन, पम्प हाउस ३ वटा, कार्यालय भवन एक र ब्रेक प्रेसर ट्याङ्की ५७ ५७ वटा निर्माण भएका छन् ।
इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले खानेपानीका मुहान संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको छ । सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले आयोजना सम्पन्न भएसँगै वडावासी काकाकुल अवस्थाबाट मुक्त भएको बताउनुभयो ।

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Night;
cct_value: 0;
AI_Scene: (12, -1);
aec_lux: 0.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय