बिक्रम बोहराको गजल: मेरो हात तिम्रो सिरानी हुने छ प्रिया

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हरेक रात पछि बिहानी हुने छ प्रिया!!
मेरो हात तिम्रो सिरानी हुने छ प्रिया !!

भन्छन माया देखाएर गरे छुटिन्छ अरे!!
अब मायाको आनाकानी हुने छ प्रिया !!

प्रेम धनले होइन मनले हुन्छ भन्छन!!
तेसैलेत मिलन जानाजानी हुने छ प्रिया!!

अपसोस् तेति बेला नगर्नु तिमी आजै भन्छु!!
जुनबेला मेरो हातमा राहदानी हुने छ प्रिया!!

कमाउने छु धन अनि खुशीहरु तिम्रो लागि!!
तव हाम्रो घरपनि खान्दानी हुने छ प्रिया !!

संका नगरी घर सम्हालि बस्नु पर्छ तिमी!!
होइन भने विश्वाशको खरानी हुने छ प्रिया!!

लेखक: बिक्रम बोहरा
नौ बहिनी गाँउ पालिका ६
पूर्णगाउ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय