माइकल अधिकारी लंकामा पुगेर समाप्त

द्वारा प्रकाशित गरिएको हो |
२०७७ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अर्जुनधारा । चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’को छायाङ्कन समापन भएको छ । ३८ दिनको समय बनाएर झापा र इलाममा छायाङ्कन गर्न आएको टिमले ३६ दिनमा छायाङ्कन पुरा गरेर आईबार अर्जुनधारा स्थित होटल लंकामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत छायाङ्कन समाप्त भएको जानकारी दिईएको छ ।

आगामी चैत्र २८ गते प्रर्दशन मिति तय गरिएको यस फिल्ममा सौगात र सृष्टि सँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।
यस चलचित्रमा अहिले सम्मकै भिन्न अभिनय रहेको अभिनेता सौगात मल्लले बताएका छन । फिल्ममा सौगात र सृष्टि आर्थिक कमजोर भएको जोडीको रुपमा देखिने छन्। सृष्टिले पैसाको लागी अरुलाई बच्चा जन्माइ दिने विवाहित महिलाको भूमिका निभाएकी छिन्। यो फिल्म मार्फत आफ्नो काम देखाउने अवसर मिलेको अभिनेत्री सृष्टि श्रेष्ठले बताएकी छिन्।

गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको निर्माता निरक पौडेले बताएका छन । छायाङ्कन समापन घोषण कार्यक्रमका प्रमुख अतिथि संचारकर्मी रवी लामिछानेले चलचित्र हरिदिनु भन्दै रडाको गरिरहनु पर्दैन राम्रो कता बस्तुमा फिल्म बन्यो भने फिल्म आफै चल्छ । कथाबस्तु राम्रो छैन भने चलेका कलाकार राखेर मात्र अवको समयमा चलचित्रले सफलता प्राप्त गर्न सक्दैन र फिल्म कर्मीहरुले अन्य प्रचारमा गर्ने खर्चलाई कथा बस्तुमा खर्च गर्न सुझाब दिए ।
निर्माता निरक पौडेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन हेमन्त बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय