अभावमा खर्वनीबासीको पुस्तौँ बित्योः मुलुकका आमुल परिवर्तनले कहिले छोएन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गोबिन्द पौडेल, सूर्योदयःगाउँमा कुनैपनि सरकारी सेवा र सुबिधा नपाएका खरबनीका नागरिकहरुको टोलमा अहिले सम्म कुनै पनि जनप्रतिनिधिहरु पुगेका छैनन भने बिश्वलाई नै आक्रन्त बनाएको कोरोना भाइरसको बारेमा पनि केही थाहा पाएका छैनन ।

गाउँगाउँमा सिंहदरवारको नारा घन्काएको गणतान्त्रिक नेपालको सुगम मानिएको जिल्लाकै नागरिकहरु यस्तो कस्टकर जीवन बिताउछन् भन्नेकुरा आम नागरिकहरुलाई पत्यार नलाग्न सक्छ । तर सुगम जिल्ला इलामको सूर्याेदय   नगरपालिका वडा नं ५ खरबनीका पाँच परिवारका नागरिकहरुको लागि मुलुकमा जस्तोसुकै परिवर्तन आएको भएपनि बिकासको आधारभुत झुल्कोले छुन पनि सकेको छैन ।

त्यस गाउँमा अहिले पनि,बाटो, बिजुली त पुगेको छैन नै खानेपानी शिक्षा र स्वास्थ्यको आधारभुत आवश्यक्ता भोग गर्न पनि कस्टकर रहेको कारण पुस्तौँ देखीको जनजीवन जस्ताको त्यस्तै रहेको छ । शनिबार ५ खरबनीका नागरिकहरुले संचारकर्मीको टीमसँग आफुहरु नेपालकै अन्तिम दर्जाको नागरिक रहेको गुनासो गरेका हुन ।

सूर्योदय ५ गोरखको तल्लो भाग खरबनीमा अहिले सम्म बिजुली बत्ती पुगेको छैन केही माथी शिकारी गाउँसम्म बिजुली बत्ती रहेको भएपनि आफुहरुले मोवाइल चार्ज गर्नु पर्दापनि दिन बिताएर जानुपर्ने बिजुली नभएको कारण टेलिभिजन हेर्न पाउने कुरा नै भएन अनि कसरी नया कुरा थाहा पाउने स्थानिय कृष्ण तामाङले गुनासो गरे । आफुले स्थानिय सरकारलाई भोट दिएको भएपनि  वडाका सबै जनप्रतिनिधि नचिनेको तर वडाध्यक्ष चिनेको बताए । आफ्नो टोलमा कुनै जनप्रतिनिधिहरु हालसम्म नआएको तामाङले बताएका छन् ।

बिश्वलाई नै माहामारीमा पारेको कोरोना भाइरस भनेको के हो केही थाहा नभएको अर्का स्थानिय लाखमान तामाङ बताउछन् । वडाध्यक्ष त साइनोले भतिजा हुन तर अहिलेसम्म यँहा आएका छैनन् अरु त आउने कुरै भएन । आफुहरुको तीन पुस्ता यसरीनै बित्यो उनले बताए ।

हामीलाई पहिलो आबश्यक्ता बाटोको हो अहिले पनि हामीहरु उपभोगका सामाग्री  घण्टौ लगाएर डढाल्नोमा नै बोकेर ल्याउछौ र उत्पादन भएको सामान त्यसी नै लगेर बेच्नुपर्छ । तरकारी फलेपनि बेच्न सकिँदैन बजार जाँदा खोरसानी चाँहि बेच्ने गरेका छौ अर्का स्थानिय बिर्ख बहादुर तामाङले सुनाए ।

यहाँ सुन्तला  खेती राम्रो हुने गरेको थियो । रोग आयो मासियो अहिले अलैची र अम्लीसोको खेती हुन्छ । गाई  मलको लागि मात्रै पालिन्छ । दुध बेच्ने शिकारी गाँउ पुगेर आउदा बिहान बित्छ , घरको काम गर्न पाइदैन, बालबालीकाहरु पनि आठ नौ बर्ष नभइ स्कुल पठाउन सकिँदैन गाउँमा तीन कक्षा सम्मको स्कुल भएपनि टाढा रहेकोले उनिहलाई बोकेर लैजानु पर्ने हुन्छ, । बिरामी हुँदा त गाउँघरमा गुहार मागेर बोकेर नै लैजाने गरेका छौँ हाम्रा बाजेहरुले पनि त्यसै गर्थे हामी पनि त्यसै गर्दैछौ अर्का स्थानिय मन बहादुर तामाङको गुनासो छ ।

पहिला यँहा सात परिवार बसेका थिए । असुबिधाको कारण नै दुइ परिवार बसै सरेर हिडिसके हामी पनी हिड्नु पर्नेभयो । आफ्नो त जसरी बित्यो बित्यो अवको पुस्ता कसरी चल्ला र, छोडेर जानु कहाँ जानु केटाकेटीहरुको भबिश्यको लागि पनि सोच्नु पर्ने बाध्यता भयो अर्का स्थानिय टिकाराम तामाङले गुनासो गरे ।

नगरपालिकाले दर्जनौ सेवा र सुबिधाहरुको कुरा गरेपनि खरबनीका नागरिकहरुले अहिलेसम्म सुचना पनि पाउन सकेका छैनन  । कफि खेतीको लागि उपयुत्र्तm स्थान रहेपनि उनिहरुलाई यस्को बारेमा केही थाहा नभएको तर आफुहरुले महंगो कर चाहि नियमित तिरी रहेको बताए ।

सुगम जिल्लामा नागरिकहरुको कन्त बिजोगको अवस्था हुँदापनि जनप्रतिनिधिहरु बेखवर भएर बसीरहँदा उनिहरुको लागि पनि केही सोच्ने हो कि आम नागरिकहरुको जिज्ञासा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय