चियाको गुणस्तर सुधारमा जोडःन्यूनतम मुल्यको ग्यारेन्टी हुनुपर्ने नगर प्रमुख राईको भनाई

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

फिक्कल,बर्सेनी चिया टिपाई शुरु भएपछि मूल्य निर्धारण चियाको गुणस्तरीयताको बिषयले बर्सेनी चिया क्षेत्रमा हलचल नै ल्याउने गरेको छ । अर्थोडक्स चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामा यस पटक भने चियाको फष्ट फल्स ९शुरुको टिपाई० मै चियाको गुणस्तरीयता सुधारको बारेमा छलफल गर्न थालिएको छ ।

चियाको न्यूनतम सर्मथन मूल्य प्रति किलोग्राम ४० रुपैया तोकेको नगरपालिकामा सिजनको शुरुमै चिया किसान , उद्योगी , नगरपालिका राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड र चिया बिस्तार योजना बिचमा छलफल शुरु भएको हो ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड र चिया बिस्तार योजना फिक्कलले बिहीबार चिया क्षेत्रका सरोकारवाला संग छलफल गरेको छ । बर्सेनी ५० लाख किलो ग्राम अर्थोडक्स चिया उत्पादन हुने नगर क्षेत्रमा ६६ वटा चिया उद्योग रहेका छन । चिया टिप्ने सिजन शुरु भएपछि न्यूनत मुल्य , चिया निकासीमा भारतीय अवरोध जस्ता समस्या चिया किसान र उद्योगीले भोग्दै आउनु परेको छ ।

चियामा क्षेत्रमा बर्सेनी समस्या आउन थालेपछि यस पटक भने चिया टिपाई शुरु हुनु अघि नै निकास खोज्ने प्रयास गरिएको छ । नगरपालिकाले ऐन नै बनाएर बिगत तीन बर्ष अघि नै चियाको न्यूनतम सर्मथन मुल्य प्रति किलो ग्राम ४० रुपैया तोकेको थियो । उक्त मापदण्ड सबै उद्योगीले कार्यान्वयन नगरे पछि चिया क्षेत्रमा समस्या हुँने गरेको थियो ।

यस्तै गुणस्तरीयता लगायतका बिषयलाई लिएर बर्सेनी भारतले चिया निकासीमा अवरोध खडा गर्ने गरेका कारण उद्योगी समेत समस्यामा पर्दै आएका थिए । चियाका समस्या स्थानीय स्तरबाटै हल गर्ने उद्देश्यले किसान, उद्योगी र सरोकारवाला निकाय एकै स्थानमा भेला भएर आ आफना समस्या राखे ।

किसानले चियाको न्यूनतम सर्मथन मुल्य पाउनु पर्ने माग गरे । चिया किसान रविन आचार्यले नगरले तोकेको न्यूनतम मूल्य समेत दिन उद्योगी हिचकिचाउने गरेको बताए। सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले यस पटक न्यूनत सर्मथन मुल्य दिन उद्योगी तयार भए मात्र चिया संकलन गर्न दिईने बताए । उनले नगरले बनाएको ऐनलाई टेकेर निश्चित मापदण्ड पुरा गरेपछि मात्र उद्योगीले चिया संकलन गर्न पाउने जानकारी दिए। नगर प्रमुख राईले भने ‘ न्यूनतम मुल्य दिन्छु भन्ने लिखित ग्यारेन्टी नगरमा आउनु पर्छ, अनि मात्र चिया संकलन गर्न दिईन्छ ।’

नगरले जिल्ला प्रशासन कार्यालको समन्वयमा चियाको न्यूनतम मुल्य दिए नदिएको अनुगमन गर्न टाक्सफोर्सनै बनाएर अघि बढने भएको छ । नगर प्रमुख राईले नगरपालिका र उद्योगी बिचमा छलफल हुँन नपाउदा केही समस्या आएको भए पनि बसेर सबै समस्या हल गर्न सकिने बताए ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका सदस्य पुनम लाईले सूर्योदय नगरमा चियाको गुणस्तर सुधार गर्नका लागि बिषादी रहित नगर बनाउन पहल गर्नु पर्ने बताए । बोर्डका अर्का सदस्य आदित्य पराजुलीले श्रमिकको अभावमा मेसीन लगाएर चिया टिप्नु पर्ने बाध्यता आएको बताए । उनले एका तर्फ चिया उद्योगमा काम गर्ने श्रमिक न्यूनतम ज्यालाका लागि आन्दोलन गर्दे गर्दा उद्योगले दक्ष श्रमिकको अभावमा मेसीनबाट चिया टिप्नु परिरहेको बताए।

बोर्डका अर्का सदस्य हर्क तामाङले राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको नीति नै अस्पष्ट रहेको आरोप लगाए। उनले बोर्डको चिया सम्बन्धि कानुन अस्पष्ट हुँदा चिया किसान र उद्योगी नै मारमा परिरहनु परेको बताए। कार्यक्रममा सूर्योदय टी प्रोर्डयुर्सका अध्यक्ष उत्तम प्रधानले स्थानीय सरकारले चियाको बिषयमा नीति नियम बनाउदा स्थानीय चिया उद्योगी संग समन्वय गर्नु पर्ने बताए ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णु प्रसाद भट्टराईले गुणस्तरीयतामा ख्याल गर्न सके नेपाली चिया बिश्व बजारमा एक नम्बर चिया भएर निर्यात हुन सक्ने बताए ।
कार्यकारी निर्देशक भट्टराईले भने ‘हामीले गुणस्तरीय चिया उत्पादन गर्ने हो, बिश्व बजारको चाजोपाचो सरकारले मिलाउनु पर्छ ।’ कार्यकारी निर्देशक भट्टराईले चीन , रुस र दुबै संग चिया निर्यातका लागि जिटुजी सम्झौता हुन थालेको जानकारी दिए ।

उनले गत बर्ष नै चियाको गुणस्तरीयता कायम गर्नका लागि चियाको लोगो समेत बितरण गरिएको बताउँदै बोर्डले यस पटक अर्थोडक्स चिया बाहेकका उत्पादकलाई रासायनिक मलको अभाव हुन नदिने जनाए । बोर्डले चियाका टे«डमार्क पाएका उद्योगलाई छुट अनुदान जस्ता सहुलियतका कार्यक्रममा सहभागी गराईने जानकारी दिएको छ ।

चिया बिस्तार योजना फिक्कले उक्त अवसरमा चिया खेती, टिपाई , प्रसोधन सम्बन्धि हाते पुस्तक प्रकाशन गरी वितरण गरेको छ । चिया बिस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले यस पटक चिया क्षेत्रमा समस्या आउन नदिन सिजन शुरु हुँनु अघि नै पहल थालिएको बताए। चियाको टिपाई शुरु हुन लागेको छ । सिजनको शुरुको टिपाईलाई ‘फष्ट फल्स’ भनिन्छ । from abcnepali

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय