इलामको सिमधापमा भेटियो होमराई धनेश चराःनेपालमै पहिलोपटक फोटो कैद भएको दाबी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामःइलामको सूर्योदय नगरपालिका वडा नं १ सिमधापमा होम्राई धनेशचरा भेटिएको छ । १ सय ७१ वर्षपछि भेटिएको उक्त चराको फोटो नेपालमै पहिलोपटक कैद भएको हो । वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले मंगलबार स्थलगत अध्ययनका क्रममा दुई भाले होमराई धनेश चराको तस्बिर खिचेका हुन् ।

सन् १८५० यता नदेखिएको धनेश प्रजातिको यस चराको घाँटी रातो हुनेगर्छ । यो चरा नेपालमा नदेखिएकै कारण चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको खरेलले बताएका छन् ।

सूर्योदय १ को गोर्खेमा पर्ने सिमधाप १ हजार ३ सय मिटर उचाईमा पर्ने क्षेत्र हो । उक्त ठाउँमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलले दाबी गरेका छन् । विगत ५ बर्ष देखि चराको खोजिमै रहेका बेलन आज फोटो खिच्न सफल भएको खरेलले बताएका छन् । यो चरा नेपालमा पाइने चरा भनेर विभिन्न पुस्तकमा देखाईएपनि फोटो भने पहिलो पटक कैद भएको उन्को दाबी छ ।

उनले चरा अध्ययनको क्षेत्रमा यसको तस्बिर खिच्न पाउनु ठूलो उपलब्धि भएको बताए। ‘यो क्षेत्रमा पक्कै पनि यो चरा पाइन्छ भन्ने लागेर खोजी गर्नकै लागि आएको थिएँ,’ उनले भने, ‘ठूलो सफलता हात लागेको छ।’ प्रायः यो चरा भालेपोथी भेटिनेमा यहाँ चाहिँ दुवै भाले चरा भेटिएको उनको भनाइ छ।

चरा भेटिएको सिमढाप भारतीय सीमाबाट करिब १२ किलोमिटरमा पर्छ। भारत लाटपन्चरमा फाट्टफुट्टमात्र देखिने यो चरा हत्तपत्त कसैले देख्नै नसकेको उनले जनाए। ‘म चराहरू प्रकृतिका उपहार हुन्, बचाउनुपर्छ भनेर लागिपरेको छु,’ उनले भने, ‘चराले पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै महत्व राख्छन्।’ नेपालमा ८ सय ८६ प्रकारका चरा पाइने गरेकामा देवेनले नै भेट्टाएको जंगली परेवा ९ग्रिन इम्पाइरिकल प्रिजन० थपिएर यसको संख्या ८ सय ८७ पुगेको थियो। देवेनले जंगली परेवा झापाको मेचीनगर–७ मा फेला पारेका थिए।

सूर्योदय नगरपालिका–१ का वडासदस्य अमृत पाण्डेले आफ्नो ठाउँमा दुर्लभ चरा पाउनु खुसीको क्षण भएको बताए। ‘यहाँ चरा अध्ययन गर्नेहरू आइरहन्छन् तर आज चाहिँ महत्वपूर्ण उपलब्धि भएको छ,’ उनले भने, ‘यो हाम्रो वडा, नगर र इलामको लागिमात्र होइन, देशकै लागि महत्वपूर्ण छ।’

यता नेकपा एमाले सूर्योदय नगरपालिका १ का अध्यक्ष साथै वडा सदस्य अमृत पान्डेले पर्यटन प्रबर्द्धनका लागी नयाँ आधार फेला परेको भन्दै खुसी ब्यक्त गरेका छन् । सामाजिक संजालमा तस्विर सार्वजनिक गर्दै उनले फोटो कैदका लागी खरेललाई धन्यवाद दिईएका छन् । गोर्खे बासीका लागी मात्र नभएर मुलुककै पर्यटन प्रबर्द्धन हुने बताउँदै आफ्नो क्षेत्रमा रहेको पहिचान थुम्केको हाब्रे र सिमधापको होमराई धनेश चरा दुबै महत्त्वपूर्ण रहने बताएका छन् । यसको संरक्षण गर्न सबै लाग्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय