लघुकथाः तीजको दर

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हेल्लो।। हेल्लो।।।।

हजुर को बोल्नुभयो?

म सफला बोलेको के । चिनेनौ मलाई?

ए।। नम्बर सेभ गरेको रैनछु त्यै भएर ।

अँ।। यता सुन त शिल्पा,भोलि हाम्रो समुहको दर खाने कार्यक्रम छ । कसैगरी बिहान् छ बजे नै सबै भेला हुनुपर्छ है। यसपालि त उधुमै नाच्ने हो । असाध्यै रमाइलो गर्ने हो।अनि सुन त शिल्पा, मैले त हिजो बिर्तामोडमा तीज स्पेसल सारी अफरमा गएर सबै काम हातले गरेको बुटिककै सबैभन्दा राम्रो र महङ्गो सारी लिएँ नि। अनि यसपालि छड्केको नि अर्कै डिजाइन आुको रैछ। आफ्नो त गहना सबै पुरानो डिजाइनको मात्रै छन् । त्यै भएर एउटा छड्के तिलहरी, एउटा नयाँ डिजाइनको चोकर,एउटा बटरफ्लाइ ,दुइटा बाला,एउटा चन्द्रमा,असर्फी र एउटा पत्थरको औंठी लिएर आएँ। साथीभाइको अघि आफू नि कमको देखिनु भएन नि। त्यै भएर आजै सपिङ गरेँ मैले त। मेहेन्दीको काम आजै भ्याएँ , अब भोलि सबेरै उठेर मेकअप र केश बनाउन जान्छु, पार्लर । त्यसपछि त सबै काम सकिन्छ मेरो । छोरोलाई बिहानै छिमेकी आन्टिकाँ पुर्याइदिन्छु भोलि एकदिन स्कुल पुर्याउने, ल्याउने गरिदिनु है भनेर। असाध्यै सोझी छन् बिचरी।। अनि तिमी कसरी तयारी गर्दैछौ हौ शिल्पा ? भोलि त सबैले बुटिकमै अर्डर गर्या रछन् सारीहरु एकै खालको लाउने भनेर। अनि गहना नि डिजाइन डिजाइनका। तिम्रा नि होलान् नि गहनाहरु ? बनिएर आऊ है शिल्पा । फेरि अरु जस्तै भइएन भने त अल्टर भइन्छ नि। टिकटक यति बनाइन्छ नि।। ल शिल्पा भोलि भेटेरै कुरा गरौंला है,प्याक तानेर बोलेको ।।। त्यै भएर लामो कुरा भयो।।।।

सफला, तिमीले तिम्रो कुरा सुनाउन मात्रै फोन गरेकी हौ कि मेरो नि कुरा सुन्छौ हँ ?
उसो भए भन न त शिल्पा तिम्रो कुरा के हो?
सफला, मैले दुखका साथ भन्नुपर्दा म भोलिको कार्यक्रममा सहभागी हुन सक्दिन। म तिमी जस्तो परिवारको सल्लाह विपरीत मनजिती कुनै पनि कुरा गर्न सक्दिन र गर्दिन पनि। एक त मेरो पारिवारिक स्थिति अलि कमजोर नै छ । त्यसमा पनि श्रीमानज्यूलाई बिदेश पठाउँदा लागेको ऋणको ब्याज नि महिनैपिच्छे बुझाउनु पर्ने भएकाले मसँग अहिले पार्टीमा जाने ,तडकभडक देखाउने र खर्चिलो लुगाफाटो गरगहना सो गर्ने समय र दाम नि छैन । फेरि भएन नानीलाई स्कुल पुर्याउने।। ल्याउने नि आफैं गर्नुपर्छ अनि घरमा भएको गाई नि दर खान रमाइलो गर्न गएकी छ भनेर चुप लागेर बस्दैन। उता श्रीमानज्यु परिवारलाई सुखमा राख्ने कल्पनामा डुबेर खाडीको तातो रापमा पसिना पोख्दैछन् । यता हामी भने चाडपर्व मनाउने नाममा अनेकौं विकृति भित्र्याउँदैछौँ। तीज आउन महिनादिन अघिदेखि दर खान थाल्छौँ। प्रत्येक दिन फेरि फेरि लुगा लाउछौँ, गरगहनाको डिजाइन छान्छौँ। सफला, दरै खाने कार्यक्रम त तीजकै दिन गरे भैगो नि। किन एक महिना अघिदेखि तडकभडक देखाएर आफ्नो संस्कृतिमाथि विकृति मिसाउनुरु ठिकै छ सफला, तिमीहरूको दर खाने कार्यक्रम भब्य होस् । तीजको धेरै धेरै शुभकामना ।

बिष्णु निरौला आचार्य
सूर्योदय नगरपालिका वडा नं १२
करफोक,इलाम।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय