काठमाडौँ — हालै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले १८ प्रतिशत महिला तथा २३ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या देखिएको बताएको छ । सन् २०१६ को सर्वेक्षणमा भने महिलामा १७ प्रतिशत र पुरुषमा २३ प्रतिशत नै समस्यामा रहेको देखाएको थियो ।
सबैभन्दा बढी कोशी प्रदेशमा उच्च रक्तचापको समस्या पाइएको छ । महिलामा २५ प्रतिशत र पुरुषमा २७ प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ । यसैगरी कर्णाली प्रदेशमा सबैभन्दा कम व्यक्तिमा रक्तचापको समस्या देखिएको छ । महिलामा १२ प्रतिशत र १८ प्रतिशत पुरुषमा समस्या पाइएको हो ।
उच्च रक्तचापलाई हाइपरटेन्सन पनि भनिन्छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार ३०(७९ वर्ष उमेर समूहका कम्तीमा १।२८ अर्ब मानिसहरू हाइपरटेन्सनमा बाँचिरहेका छन् । डब्लूएचओको सन् २०१९ को अध्ययनअनुसार ४६ प्रतिशत वयस्कहरू यसबारे अनभिज्ञ छन् भने ४२ प्रतिशतले मात्र हाइपरटेन्सनको जाँच गराउने र उपचार गर्ने गर्छन् । यो समस्या विश्वमा असमायिक निधन गराउने प्रमुख कारण बनेको छ । जति रक्तचाप बढी हुन्छ त्यति नै मुटुरोग, हृदयघात, मस्तिष्कघात हुने सम्भावना रहने हुन्छ ।
अस्वस्थ जीवनशैली, मोटोपन, धुम्रपान, नुनको अत्यधिक सेवन, मानसिक तनाव, वंशाणुगत कारण आदिले उच्च रक्तचापको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीले उच्च रक्तचाप जीवनशैलीसँग सम्बन्धित समस्या रहेको बताउँदै यसका थुप्रै कारणहरु रहेको बताउँछन् । उनका अनुसार यो बहुमुखी रोग हो‚ जसले घातक रोगहरूसमेत निम्त्याउँछ । उनी भन्छन्‚ ‘उच्च रक्तचापको सिधा सम्बन्ध भनेको नुनसँगको हो । धेरै खायो भने रक्तचाप बढ्छ‚ त्यो एकदम सत्य कुरा हो । तरकारी, अचार, दालमा हामी नुनको अधिक प्रयोग गर्छौँ ।’ उनले तयारी खाना९जंक फुड० जसमा अत्यधिक नूनको प्रयोग हुन्छ त्यसको सेवन बढ्नुले पनि रक्तचापको समस्या निम्तिरहेको जनाए ।
९डब्लूएचओ० ले वयस्कलाई दैनिक ३ वा ५ ग्रामभन्दा कम नुन उपभोग गर्न सिफारिस गरेको छ । स्टेप्स सर्वेक्षण नेपाल २०१९ ले नेपालीले दैनिक ९।१ ग्राम नुन खाने गरेको देखाएको थियो । अध्ययनले नै नेपालीहरूले नुनको अधिक प्रयोग गर्ने देखाएको छ । डब्लूएचओले आगामी ७ वर्षमा करिब ७० लाख व्यक्तिको मृत्यु नुनको अत्यधिक सेवनले गर्दा हुने रोगबाट हुने पूर्वानुमान गरेको छ । नुनको बढी प्रयोगले उच्च रक्तचापसँगै स्ट्रोक, मुटु र रक्तनलीको रोगलगायतमा अत्यधिक वृद्धि भएको देखाएको छ ।
जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ मा सहरी क्षेत्रका १८ प्रतिशत महिला र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलामा उच्च रक्तचाप देखिएको जनाएको छ । सहरी क्षेत्रका २५ र ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या रहेको अध्ययनमा देखिएको छ ।
अध्ययनले उमेरसँगै उच्च रक्तचापको समस्या बढ्दै गएको देखाएको छ भने ७० वर्ष र सोभन्दा माथिका महिलाहरूमा ९५२ प्रतिशत० र ६५ वर्ष र सोभन्दा माथिका पुरुषमा ४५ प्रतिशतमा सबैभन्दा बढी उच्च रक्तचापको समस्या रहेको देखाएको छ । उच्च रक्तचाप भएकामध्ये १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषहरूले विभिन्न माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गरेको अध्ययन बताउँछ ।
मुटुरोग विशेषज्ञ डा। रेग्मीकाअनुसार शारीरिक क्रियाकलापको कमी, मानसिक तनाव, मोटोपन, वातावरणीय प्रदूषण, वंशाणुगत आदि कारणले पनि रक्तचापको समस्या देखिएको छ । मानिसहरुको जीवनशैली बिग्रिएको युवा उमेरमै रक्तचापको समस्या बढेको बताउँदै उनी भन्छन्‚ ‘जीवनशैली बिग्रिएकै कारण गाउँमा पनि यो समस्या बढ्दै जान थालेको छ । पहिला ४० कटेकालाई रक्तचापको समस्या देखिन्थ्यो तर अहिले २० वर्षदेखि नै मान्छेको खानपान, तनाव, शारीरिक क्रियाकलाप नहुने भएकाले युवा उमेरमा नै यो समस्या सुरु हुन थालेको छ ।’
हृदयघात भएर आकस्मिक मृत्यु हुने धेरै देखिन्छ‚ यो यही उच्च रक्तचाप पनि कारक हो । आँखामा रक्तश्राव हुने र मिर्गौलाको समस्या पनि वृद्धि भइरहेको उनको भनाइ छ । मानिसमा शारीरिक क्रियाकलाप कम हुनु, बढ्दो तनाव, शहरबजारमा सवारीसाधनको हल्ला, हावामा धुलोको कणले पनि प्रत्यक्ष असर गरिरहेको चिकित्सक बताउँछन् ।
डा रेग्मी भन्छन्–‘१०० जनालाई रक्तचापको समस्या छ भने १० जनाले मात्र उपचार पाएका हुन्छन् भने बाँकीले थाहा पाएपनि रोग नियन्त्रण हुने गरी उपचार हुन पाएको हुँदैन । उनी रक्तचापको समस्या हुन नदिन यसरी सुझाउँछन्‚ ‘३० कटेपछि वर्षमा एकपटक अनिवार्य रुपमा यसको जाँच गर्नुपर्छ । रक्तचाप बढेकाले ३–३ महिनामा जाँच गर्नुपर्छ । जसको नियन्त्रणमा छैन‚ उसले महिनामा एक पटक जाँच गर्नुपर्छ । समयमा औषधि सेवन गर्दा यसले हुन सक्ने आकस्मिक मृत्यु अथवा जटिलताबाट बचाउँछ । स्वस्थ्य आहार, व्यायाम, तनाव नलिने र धुम्रपान तथा मद्यपान गर्नुहुँदैन ।’
उच्च रक्तचापलाई साइलेन्ट किलरको रुपमा लिइन्छ किनभने यसले समस्या देखिएपछि लक्षण देखाइरहेको हुँदैन र मानिसलाई भित्रभित्रै रोगी बनाइरहेको हुन्छ । रक्तचापको समस्या ननापिकन थाहा हुँदैन ।
विश्व स्वास्थ्य संगठनको २०१९ का अनुसार नेपालमा अकाल मृत्युमध्ये झन्डै ३० प्रतिशत मुटुरोगका कारण हुने गरेको छ भने ४७ लाख वयस्क उच्च रक्तचापबाट पीडित छन् । तीमध्ये ४५ लाखको उच्च रक्तचाप नियन्त्रणमा छैन । तथ्यांकमा १५ देखि ४९ वर्ष उमेरकामा २४।५ प्रतिशत, १५ देखि २९ उमेर समूहमा १३ प्रतिशत , ३० देखि ४४ उमेर समूहमा २५।६ प्रतिशत र ४५ देखि ६९ वर्ष उमेरकोमा ४२।९ फ्रतिशतमा रहेको देखाएको थियो ।
अमेरिकन हर्टएसोसिएसनका अनुसार स्वस्थ्य व्यक्तिको रत्तचाप १२०र८० एमएमएजी सामान्य मानिन्छ । १३०र१३९ को बिचमा भयो भने हाइपरटेन्सनको पहिलो स्टेज मानिन्छ ।त्यसैगरी १५० भन्दा माथि भयो भने हाइपरटेन्सनको स्टेज २ को रुपमा लिइन्छ ।
मुटुरोग विशेषज्ञ डा। राजेन्द्र कोजुले रक्तचापको समस्या स्वास्थ्य जीवनशैली अपनाउनाले पनि कम गर्न सकिने बताउँछन् । उनी भन्छन्–‘फलफूल तथा सागसब्जी खाने, नुन तथा चिनीको कम प्रयोग, तनाव कम गर्ने, धुम्रपान नगर्ने र शारीरिक व्यायामले रक्तचाप नियन्त्रणमा राख्न सहयोग गर्छ ।साथै स्वस्थ्य जीवनशैलीले अरु रोग लाग्नबाट पनि बचाउँछ ।’
उनले हाइपरटेन्सको समस्या मिर्गौला रोग झएका, रक्तनलीको रोग, इन्डोक्राइनको रोग भएकालाई बढी देखिने र बाँकी हाम्रै जीवनशैली मुख्य कारक रहेको सुनाउँछन् । भन्छन्‚ ‘मानिसमा तनाव बढिरहेको छ । व्यायाम छैन । जीवनशैली परिवर्तन गर्नैपर्छ ।’ उनले रक्तचापको समस्या जीवनशैली परिवर्तन गरेर नियन्त्रणमा आउन सक्ने भए पनि केहीलाई औषधिको आवश्यकता पर्ने बताउँछन् ।
‘रक्तचापको समस्या देखिएको छ भने सुरुमा औषधि खानुभन्दा जीवनशैलीमा नै परिवर्तन गर्नु भनिन्छ । आँखा, मुटु, मिर्गौला, रक्तनली, मस्तिष्कमा समस्या छैन भने साथै धुमपान नगर्ने, मोटोपन छैन भने ३ देखि ६ महिना जीवनशैली परिवर्तन गरेर हेर्न लगाइन्छ । तर १५० भन्दा माथि भयो भने औषधि सुरु गरिन्छ,’ उनले स्पष्ट पारे । कान्तिपुरबाट साभार