मनोज अधिकारी
इलाम,१९वैशाखः राजनीति गर्नेहरु विवादित वा आलोचित भएभने जनताले पत्याउँदैनन । अरुलाई गालि गलौच छेड्खानि नगरि आफ्ना भिजन देखाए अहिलेका मतदाताले पत्याउँछन् भन्ने उदाहरण भएको छ इलाम–२ को उपनिर्वाचन ।
इलाममा रास्वपा किन चौथो?
०७९ को आम निर्वाचनमा पुराना राजनीतिक दलप्रतिको वितृष्णाको मत पाएर राज्यको तेश्रो ठुलो दल बनेको रास्वपाको चर्चा इलाम–२ को उपनिर्वाचनमा पनि चुलिएको थियो । सामाजिक सञ्जाल र शहरबजारमा घण्टीकै चर्चा चल्यो । उनिहरु उत्साहित भएर भन्थे, ‘अब त घण्टी बज्यो बज्यो ।’
रास्वपाको शिंगो शक्ति नै चुनावी प्रचारप्रसारमा खटियो । खेत, बारीमा काम गरिरहेका किसान कहाँ पुगेर होस वा बजारमा ब्यापार गरिरहेका पसलेकहाँ पुगेर होस् घण्टीमा भोट हाल्न अपिल गरियो । माहोल हेर्दा इलाम घण्टीमय भैसकेको देखिन्थ्यो । पुराना दलहरु हच्किएका थिए । तर, मतपरिणाम त्यस्तो आएन ।
फराकिलो मतान्तरले एमालेका सुहाङले बाजी मारे । कांग्रेसका डम्बर दोश्रो हुँदा मौन प्रचारमा खटिएका स्वतन्त्र डकेन्द्रले तेश्रो स्थानमा सम्मानजनक मत पाए । तर, जितको प्रतिस्पर्धि ठानिएका रास्वपाका मिलन चौथो भए । उनको जमानत समेत जोगएन । जफत भयो ।
एक त चुनावको मिति तोकिएपछि पहिचान पक्षबाट मिलन उम्मेद्वार बन्ने हल्ला चल्यो । नेकपा माओवादी निकट प्रेस सेन्टरमा लामो समय काम गरेका उनले स्वतन्त्र उम्मेद्वार हुन्छु भनेपछि माओवादीको लागि ‘आँखाको तारो’ बने । यतिबेलासम्म मिलन को हुन् त? भन्नेमा मतदातालाई अन्योल नै भईरह्यो । मिडियाले अब तपाई रास्वपाको उम्मेद्वार हुने रे भन्दा रास्वपालाई नै गालि गर्दै उनले सम्भव नभएको प्रतिक्रिया दिए । त्यसको केहि समयमा फेरि उहि गालि गरेको दलबाट टिकट लिए र भने, ‘मैले फरक परिस्थिति र अर्कै सन्दर्भमा बोलेको थिएँ ।’
एकातिर पार्टी सभापति रवि लामिछानेको सहकारी काण्डले मुलुक तातिरहेका बेला रास्वपाले अस्थिर उम्मेद्वार उठायो भनेर आलोचना भयो । पार्टीले आफ्नै तर्क दिएर मिलनलाई योग्य उम्मेद्वार त भन्यो । सामाजिक सञ्जालमा जसोतसो माहोल त मिलनकै पक्षमा देखिन्थ्यो पनि ।
तर, मौन अवधि सुरु हुनु अघि पत्रकार ऋषि धमलाले इलाम चोकमा केहि प्रमुख दल र उपलब्ध उम्मेद्वार राखेर सार्वजनिक बहश गरे । सहभागि एकजनाले माईक समाएर मिलनलाई प्रश्न गर्दै भने, ‘मिलन जी क्षेत्रि बाहुन भेटिन्छ घाँटी रेटिन्छ भन्ने तपाईको अभियान थियो नि । त्यो कहाँ पुग्यो?’ सहभागिले हुटिङ दिए । मिलनले यो कुरा प्रमाणित गर्न चेतावनी दिँदै भने, ‘प्रमाणित भयो भने म कारबाही भोग्न तयार छु । भएन भने तपाई तयार हुनुहुन्छ ?’
त्यहाँ अरु थुप्रै बहश चल्यो तर क्षेत्री बाहुन भेटिन्छ घाँटी रेटिन्छ भन्ने प्रश्न निर्वाचनको मुखमा सामाजिक सञ्जालभरि छरपस्ट भयो । मिलन एकल जातिय उम्मेदवार रहेछन् भन्ने बुझाई मतदातासंग भयो । उक्त समुदाय असन्तुष्ट बन्दा मिलनले अपेक्षाकृत मत प्राप्त गर्न नसकेको विश्लेषकहरु बताउँछन् ।
मिलनले ५ हजार ५० मत पाएर चौथो । उनको जमानत जफत भयो ।
पहिचानको सम्मानजनक मत
कोशी प्रदेश नामाकरण विरुद्ध लामो समयदेखि आन्दोलनरत पहिचान पक्षधर ब्यक्ति, संघ संस्थाहरुको साझा उम्मेद्वार बनेका डकेन्द्रसिंह थेगिमले चुनावी प्रचारलाई सामाजिक सञ्जालमा भन्दा बढी मौन तरिकाले मतदाताकहाँ पुगेर तीव्र बनाए । पहिचान के हो भनेर आफ्नो समुदायलाई बुझाए ।
निर्वाचन आयोगले मुडा चुनाव चिन्ह दिएपछि प्रचारप्रसारमा कलाकारदेखि जनप्रतिनिधि लागे । धरान उममहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र डकेन्द्रकी छोरी गायिका सुनिता थेगिम लगायतले मुडामा भोट हाल्न आफ्नो समुदायमा आग्रह गरे ।
विगतदेखि पहिचान विरोधि नाम पाएको एमालेको मत बडी डकेन्द्रले काट्छन् भन्ने पिरलोमा एमाले थियो । डकेन्द्रले खासै मत नल्याउने गफ चल्थ्यो । तर, पहिचानको मुद्धा शसक्त देखियो । सम्मानजनक मत प्राप्त गर्दै उनि चौथो भए । अदालतम विचाराधिन मुद्धामाथिको आलोचना खेपेर पनि बौद्धिक ब्यक्तित्वको छवि देखाएर डकेन्द्र उदाए । उनले ११ हजार ४ सय ५७ मत प्राप्त गरेर तेश्रो भए ।
जितका दाबेदार डम्बर पुनः हारे
पटक–पटकको आम चुनावमा उम्मेद्वारी पाएर पनि कांग्रेस उम्मेद्वार डम्बरबहादुर खड्काले चुनाव जित्न सकेका छैनन् । पार्टी भित्रको गुट–उपगुट र अन्तरकलहको फाईदा अन्य दलले लिएका छन् ।
ठेक्कापट्टाको आरोप चिर्न नसक्दा र विपक्षिले त्यसैलाई चुनावी हतियार बनाउँदा उनको हार भयो । कांग्रेसका अधिकांश नेताले भने उम्मेद्वार छनोटमा ढिलाई हुनु र सबै मतदाताकहाँ पुग्न नसक्नुलाई हारको कारण बताईरहेका छन् ।
महामन्त्रीद्धय गगन र विश्वप्रकाश लगायतका काँग्रेसका हभिवेट नेता इलाम बसेरै डम्बर जिताउन लागि परेका थिए । उनिहरुले एमालेका उम्मेद्वार सुहाङलाई राजाको छोरो राजा भएको टिप्पणी गरे । प्रतिपक्षको आलोचनामा बढी समय खर्चिएको कांग्रेसले आफ्ना भिजन र एजेण्डा मतदातासामु पर्याप्त छर्न सकेन ।
कांग्रेसभित्रका असन्तुष्ट पक्षको मत रास्वपा र पहिचानको पक्षमा गएको आंकलन हुन थालेको छ । ५ हजार ८ सय ३० मतान्तरले डम्बर हारे । २९ हजार ९ सय ४२ मत पाएर उनी दोश्रो भएका छन् ।
शालिन सुहाङको शानदार जित
पार्टीले टिकट दिएवित्तिकै मतदाताको घरमा पुग्न सुरु गरेका सुहाङ सँधै शालिन बोले । मतदातालाई आफ्ना योजना र प्रतिबद्धता सुनाए तर, विपक्षिको आलोचना गर्न समय खर्चिएनन ।
अरुप्रति नकारात्मक धारणा उनको स्वभावमै छैन । सबैसंग मिलेर इलाम र देश बनाउने बाचा गर्दैगर्दा बावु सुवासचन्द्र नेम्बाङको दुरुस्तै आचरण पाएको मतदाताले बताए ।
एकातिर युवा संगै कानुनमा मास्टर गरेका बौद्धिक पनि । उनलाई आलोचना गर्ने कुनै ठाउँ थिएन । एउटै मात्र की ‘वंशवाद वा राजाको छोरो राजा’ तर मतदाताले त्यो आलोचना पत्याएनन र शालिन सुहाङलाई शानदार मत दिएर विजय गराए ।
उनले निकट्तम प्रतिद्धन्दिको भन्दा ५ हजार ८ सय ३० बढी मत पाए । २७ हजार ७ सय ४२ मत प्राप्त गरेर विजयी भएका सुहाङले ३५ बर्षमा संसदको पहिलो यात्रा शानदार तरिकाले तय गरेका छन् ।