चेतन खतिवडाको कविता: देश रहे पो हामी रहौंला

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

देशको सिमाना मिचिंदा, दुख्नु पर्छ छाती
देश रहे पो हामी रहौंला, बुझ मेरा साथी

होला तिम्रो आफ्नो, जात धर्म अनि संस्कृति
यहि माटोमा बसि तिमी, किन बन्छौ आत्मघाती
संसारमा चिनिएको छ, नेपालीको सान
अन्यायलाई सहि बस्छ, भन्ने कदापी नठान
देश मै बसि देशको लागि, कु गर्नेहरु
माउतेको इशारामा, चाँ चु गर्नेहरु
सयौं छन यहाँ अझै, देशका लागि मर्नेहरु
आफ्नो ज्यान बलिदान गर्न, अघि सर्नेहरु

राखेका छन देशलाई आफ्नो, शिर भन्दा माथी
देश रहे पो हामी रहौंला, बुझ मेरा साथी

आफ्नो स्वार्थ भन्दा माथी, देश हुनु पर्यो
देशलाइ कसैले नङ्ग्राउँदा, मुटु दुख्नु पर्यो
जंङ्गे पिलर सिमानाको, रक्षा गर्न उठौं
बैरिहरुलाइ ठेगान लाउन, अब सबै जुटौं
मुसा बनी फयांकेको जाल, काट्न नखोज
आफुले नै आफैंलाइ, ढांट्न नखोज
यहि हो बेला, छोड झमेला, गोलबन्द बनौं
मेरो भुमी खाली गर , एक स्वरले भनौं

निस्कौं अब घरबाट, हजुरबुबा अनि नाति
देश रहे पो हामी रहौंला, बुझ मेरा साथी

लेखक: चेतन खतिवडा✍️
महालक्ष्मी -५ टिकाथली ललितपुर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय