कल्पना भुसालको कविता: परिक्षार्थी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तिम्रो नजरको मार्करले
मेरो दिलको ह्वाइटबोर्डमा
कोरिएका छन प्रेममा केहि अनुभुती
अब अध्यन गर्नुपर्नेछ तिमीले

दिइनेछ सिकाइको आधार
लिइनेछ केहि प्रेमका परिक्षा
पुग्नैपर्छ भन्दिन पूर्णाकको नजिक
तर ल्याउनै पर्ने हुन्छ उतिर्णाङ्क
के तयार छौ तिमी
यस जिन्दगीको
एक मात्र सफल परिक्षार्थी बन्न

कल्पना भुसाल
स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय