इलामः सूर्योदय नगरपालिका–१० फिक्कलका २७ बर्षे प्रमोद सापकोटा राष्ट्रिय युवा संघको राजनीति गर्छन् । नगर कमिटी उपाध्यक्ष रहेका उनीलाई राजनीतिक भविष्यसँगै व्यवसायिक सफलता हात पार्नु छ । राजनीतिलाई सेवा ठान्ने उनी ईको बृक ईन्डस्ट्रिका सञ्चालक हुन् । ‘व्यवसाय गरेर आयश्रोत बनाउने र राजनीतिलाई सामाजिक सेवाका रुपमा मात्रै लिने सोच छ ।’ उनले भने, ‘नयाँ पुस्ताले भृष्टाचार विरुद्ध आवाज उठाउने मात्रै होईन कुसल राजनीति गरेर समाज सुधार्नुपर्छ ।’
ईटा उद्योगबाट बार्षिक २० देखि ३० लाखको कारोबार गर्ने गरेका सापकोटाले बेलाबखत विद्यालय, मठ मन्दिर र देवालयहरुमा संरचना निर्माण गर्न निशुल्क इँटा दिँने पनि गर्छन् । गएको भदौ २८ गते सुर्योदय–१ को मकर्जुङ्ग–थुम्के पदयात्राका क्रममा थामी जातिको धार्मिक आस्था भुमेथानको घेराबारा निर्माणको लागि तीन सय थान इँटा उपलब्ध गराउने बचन दिए । ‘भुमेथान सबैतिर हुँदैन । यसले थामी समुदायको विशेष महत्व र ईतिहास बोकेको छ । यसको संरक्षण गर्न सबैको दायित्व ठानेर आफुसंग उपलब्ध सामान सहयोग गरेको हुँ ।’ सापकोटाले भने ।
थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई ूथाङ्मीू भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा थाङ्मी खाम बोल्ने गर्दछन् । यो भोटबर्मेली परिवारमा पर्दछ ।
थामी जाति एउटा अलग प्रकारको रितिरिवाज र संस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामी जातिले कुलदेवताको रूपमा भुमे९भुम्या ०को पूजा गर्दछन् र सबै कर्मकान्ड संस्कारहरू आफ्नै थामी गुरुद्वारा मौखिकरूपमा गर्ने गर्दछन्।
अरु जातिको तुलनामा थामी जातिको संस्कृति परम्परा धेरै भिन्न छ। जस्तो बाबुको विवाह नभैकन अथवा भागी विवाहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लो दिन बाबुको विवाह गर्नुपर्ने। विवाह नभै मृत्यु भएमा किरिया ९घेवा ० गर्दा पञ्चेबजा लगाएर विवाह फुकाउनु पर्ने। यस्ता लाखौं बाहिर नआएका संस्कारहरू छन् थामी जाति भित्र। तर पनि आजसम्म न सरकारले यसलाई संरक्षण गर्ने जमर्को गर्यो। न त हामी आफैँले प्रयास गर्न सकियो। आज रोजिरोटीको लागि सबै युवा शहरमा छन्। गाउँघर प्राय शुन्य छ। आफ्नो भाषा बोल्ने क्रम घट्दैछ।
अति सीमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ(बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो। यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन्।