अर्घाखाँचीको क्वारेन्टिनमा बिरामी परी मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ जेठ, बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।

स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको बारे खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय