तपाईको आजको राशिफल , पढेर शेयर गर्नुहोस

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्न लागेको काम विग्रिनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्रा होला । आर्थिक कारोवारमा सफलता पाइएला ।रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथीको आगमन हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ । महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नियमित खर्चसमेत बढ्ने योग छ ।सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय