१२ कम्पनीले पाए ‘नेपाल टी’, लोगोः निर्देशिका प्रस्तावनामा गल्ति ,शंसोधन गर्न कृषिमन्त्रिको निर्देशन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी,फिक्कलः नेपाली चियाको इतिहासमै पहिलो पटक बाह्रवटा चिया उद्योगलाई सामुहिक ट्रेड मार्क प्रदान गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामको सूर्योदयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि इलामका नौ सहित संखुवासभाको एक र तेह्रथुमको दुईवटा चिया उद्योगलाई नेपाली अर्थोडक्स चिया ट्रेडमार्क प्रदान गरेको हो । कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले ट्रेडमार्क हस्तान्तरण गर्नुभएको थियो ।

अब नेपालमा चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो टे«डमार्कमा नेपाली चिया निर्यात हुने भएको छ। ‘नेपाल टी क्वालिर्टी फ्रर्म द हिमालयाज’ लोगो अंकित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । ‘कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाएका हुन।” बोर्डले चियाको सामुहिक ट्रेडमार्क प्रयोगको लागि आवेदन खुलाउँदा ४२ चिया उद्योगले आवेदन पेश गरेका थिए । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशीकामा उल्लेख गरिएको सूचक पुरा गरेका १२ उद्योगलाई ट्रेडमार्क प्रदान गरिएको हो । अधिकारीले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताउनुभयो । स्वास्थ्य, वातावरणीय, पर्यावरणीय लगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उहाँले बताउनुभएको छ । हाल प्रदान गरिएको लोगो अर्थोडक्स चियाका लागि हो। लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउनुहुन्छ । ‘कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन,’बोर्डले सामुहिक रुपमा प्रदान गरेको ट्रेडमार्कले नेपाली अर्थोडक्स चियाको न्वारन भएको उहाँको प्रतिकृया छ । ‘बिना नामको बस्तुको बजार प्रोमोसन हुँदैन’, भट्टराइले भन्नुभयो ,‘अर्थोडक्स चियाको ट्रेडमार्कले बजारिकरणमा सहयोग पुग्छ ।’ ‘लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्नेछ।’ विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।

ट्रेडमार्क पाउनेमा सन्दकपुर टि प्रोसेसर प्रालि, हिमालयन साँग्रिला टि प्रोडुसर प्रालि, जस्बिरे टि प्रशोधन उद्योग, गोर्खा टि स्टेट प्रालि, नेपाल ग्रीन टि एण्ड स्पेस्यालिटि, ओइसिस टि एण्ड इन्ड्रस्टि, तारागाउँ टि स्टेट प्रालि, साखेजुँङ्ग हिलरेन्च चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादक चिया सहकारी संस्था गरेर इलामका नौ उद्योगलाई ट्रेडमार्क प्रदान गरिएको हो । त्यस्तै संखुवासभाको सगरमाथा टि स्टेट प्रालि र तेह्रथुको बोक्रेडाँडा अग्र्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग र सिहदेवी चिया उत्पादक सहकारी संस्थालाई टे«डमार्क प्रदान गरिएको हो । ट्रेडमार्क प्रयोगको अनुमति पाएका उद्योगले आफ्नो उत्पादित तयारी चियामा ट्रेडमार्क प्रयोग गर्न पाउनेछन् ।

निर्देशिका प्रस्तावना नै गलत छः नगरप्रमुख राई

कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका,२०७४को प्रस्तावनामा नै गल्ति भएको बताएका छन् । कुन अधिकार प्रयोग गरेर बनाईएको हो भन्ने नै स्पष्ट नभएको राईले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्टिूय नितीको कुनधारा अथवा कुन ऐन अनुसार आएको त्यो प्रष्ट हुनुपर्यो ।” निर्देशिकाको अनुशुची ४ मा माग,अनुगमन,ब्यवस्थापन तथा नियमन समितिको उपाध्यक्षमा हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन लेखिएको छ । यसमा संस्थाको कुनै ब्यक्ति आउने होकी चियाहरुको कुनै संघबाट आउने हो अथवा संधैभरी हिमालयन बाट नै आउनेकी फेरबदल हुने हो भन्ने सम्म अस्पष्ट रहेको बताउनुभयो । सोही अनुशुचीको उपदफा २ मा नयाँ आउने संघहरुलाई स्थान नदेखिने बुँदा समावेश हुनु गलत भएको बताउनुभएको छ । त्यसैगरि राईले चिया लगायत ब्यवसायको क्षेत्रमा काम गर्ने उद्योग बाणिज्य संघ र परराष्ट्रका प्रतिनिधिहरुलाई समाबेश नगरेकोमा असंतुटि ब्यक्त गर्नुभएको छ । परिच्छेद ७ को विवाद समाधानको बुँदामा निर्देशिका कार्यान्वयनको सम्बन्धमा वा बोर्डले गरेको करार सम्बन्धमा कुनै विवाद परेमा आपसी सहमतीमा विवाद समाधान गरिने र उपदफा १ बमोजिम आपसि सहमतीमा विवाद समाधान हुन नसकेमा “मध्यस्थता ऐन ,२०५७” बमोजिम विवाद समाधान गरिने उल्लेख भएपनि, “मध्यस्थता ऐन, २०५७” नभई २०५५ हुने उहाँको सुझाब छ । त्यसैगरि पुरानो लोगोलाई खारेज गर्नपनि उहाँले आग्रह गर्नुभएको छ । पर्यटन र चियामा मात्र नभई कृषिको समग्र विकास बाट सूर्योदयलाई समृद्ध बनाउने बताउनु भयो । नगरप्रमुख राईका अनुसार, “ऐन नियम र कानुनको परिधिमा रहेर कार्यविधि ल्याईने भएकाले सबैलाई समेट्नु पर्ने हुन्छ ।” कार्याविधिले सबैको अपनत्व ग्रहण गर्न सकेमात्र कार्यान्वयन सफल हुने उहाँको भनाई छ । यसलाई सच्याएर मात्र कार्यन्वयनमा ल्याउनु पर्ने उहाँको माग छ ।

निर्देशिका तत्काल शंसोधन गर्न कृषिमन्त्रि भुसालको निर्देशन

कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले तत्काल निर्देशिका सच्याउन निर्देशन दिनुभएको छ । गलत भएका विषयलाई शुरुवातबाट नै समाधान गर्दै जानुपर्ने भएकाले उक्त निर्देशिका चाँडै शंसोधन गर्न बोर्डलाई उहाँले निर्देशन दिनुभएको हो । फरक प्रसंगमा उहाँले तीन वर्षमा कृषि क्षेत्रमा देखिएको दलाल पुँजिवाद अन्त्य गर्ने घोषणा गरेका छन् । अर्थोडक्स चियाको ट्रेडमार्क उद्योगीहरुलाई हस्तान्तरण गर्दै मन्त्री भूषालले कृषि क्षेत्रमा भइरहेको भ्रष्टचार, अनियमिततालाई अन्त्य गरेर दलाल पुँजीवादको अन्त्य गर्न सकिने बताउनुभएको हो । सरकारले मलमा मात्रै दश अर्ब अनुदान दिने गरेको त्यसमा तीन अर्ब अनियमितता हुने उहाँको भनाई छ । उहाँले चियाको ट्रेडमार्क कार्यान्वयनले चियाको बजार विस्तारमा सहयोग पुग्ने बताउनुभयो । चियाको गुणस्तर कायम भएन भने चियाको माग घट्ने बताउँदै मन्त्रि भुसालले गुणस्तर सुनिश्चित गर्न सकेमात्रै अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सकिने सुझाब दिनुभएको छ । सम्बृद्धि र समाजवादतिर जाने बाटो कृषि भएकाले यसमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । कृषि मन्त्री भुसालले कृषिको विकासको लागि प्रत्येक वडामा एक जना कृषि र पशुको प्राविधिक पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

यसैबिच उद्योगी उदय चापागाईले ब्यवसायमा राजनिति नछिराउन आग्रह गर्नुभएको छ । लामो समयको संघर्षपछि ट्रेडमार्क प्राप्त भएको र यसले नेपाली चियाको अन्तराष्ट्रिय बजार ब्यवस्थित गराउनेमा आफुहरु विश्वस्त रहेको जनाउनुभयो ।

कार्यक्रमका विशेष अतिथि प्रदेश एकका भुमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रि राम बहादुर रानाले झगडाबाट समस्याको समाधान नहुने बताउँदै छलफल र बहस बाट समस्याको समाधान गर्न सकिने बताउनुभएको छ ।

कार्यक्रममा प्रदेश सभाका सदस्य धिरेन्द्र शर्मा रमण,काजिमान कागते,खिनु लङवा लिम्बु, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल ,इलाम नगरप्रमुख महेश बस्नेत रोङ गाउँपालिका अध्यक्ष शमसेर राई जिल्ला समन्वय समितीकी उपप्रमुख चित्रकला बराईलि ,सूर्योदय नगर उपप्रमुख दुर्गादेबि भटटराई लयायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय