नेपालमै कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालगन्ज : बाँकेमा थर्ड लेभलको कोरोना अस्पतालको अभ्यास सुरु भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई थर्ड लेभलकोे कोरोना अस्पताल तोकेको थियो। 

अस्पतालले मंगलबार अछाम जिल्लाको चौरपाटी गाउँपालिका-५ की २५ वर्षीया कोरोना संक्रमित १८ हप्ताकी गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया गरेर थर्ड लेभलको कोरोना अस्पतालको काम सुरु गरेको हो।

शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोना संक्रमित भए पनि जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरुको उपचारका लागि नेपाल सरकारले दिएको थर्ड लेभलको कोरोना अस्पतालको जिम्मेवारी पूरा गरेको बताए। उनले भने, ‘थर्ड लेभलको कोरोना हस्पिटलको काम हाम्रो आजबाट सुरु भयो। अब नियमित रुपमा यस्ता जटिल स्वास्थ्य समस्याको निदान गर्नेछ।’

मेडिकल कलेजका प्राचार्य डा. मोेदनाथ मरहठ्ठा, उपप्राचार्य डा. अनुप शर्मा, चिकित्सक डा. प्रदीप थापा, डा. आशिष भट्ट, डा. शिरीष आर्चायलगायतको टोलीले ती महिलाको सफल शल्यक्रिया गरेको अस्पतालले विज्ञप्ती जारी गरेर जनाएको छ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका उप निर्देशक डा.दिनेश श्रेष्ठ र लर्ड बुद्ध एजुकेशनल एकेडेमीका सहायक निर्देशक डा.नितेशकुमार कनोडियाद्वारा जारी विज्ञप्तिमा भारतको मुम्बईबाट आएकी ती महिलालाई सोमबार अस्पतालको इमरर्जेन्सीमा ल्याइएको र स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

सुरुमा अछामकै बयलपाटा अस्पतालमा उपचार गर्न गएकी उनी अस्पतालेले रिफर गरेपछि हेलिकोप्टरबाट कोहलपुर आएकी थिइन्। मंगलबार एक दिन कोहलपुर शिक्षण अस्पताल शील गरिएको थियो। बुधबारदेखि अस्पतालका सबै प्रकारका सेवाहरु सुचारु हुने विज्ञप्तीमा जनाइएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले प्रकाशित गरेको विज्ञप्ती

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय